Breaking

एमाले फेरि संसद् विघटनको दाउमा छ : माधव नेपाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको बताएका छन् ।

आज सुनसरीको इनरूवामा सञ्चारकर्मीसँगको भेटमा नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको बताए । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने पनि बताए । संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने उनको भनाइ थियो ।

एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएसम्म एकताको सम्भावना नरहेको बताए । ‘एमाले भित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन विघटन गर्न सकिन्छ, मध्यावधिमा जान सकिन्छ भन्ने छ ।