Breaking

कुहिएको आलु फालेर बोरा जोगाउन मलाई आउँछ : रवि लामिछाने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले पैसाको लेनदेन आफूहरूका सैह्य नहुने बताएका छन् । आइतबार राति फेसबुकबाट रविले पैसा लेनदेनबारे कुरा मात्र भएको पुष्टि भए कडा भन्दा कडा कारबाही गर्ने बताएका छन् ।

‘ढुक्क हुनुस्, रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौँ । कडा भन्दा कडा कारबाही गर्छौं । बेथितिको बचाउ गर्दैनौँ, बरु उदांगो पारी दण्डित गर्छौं,’ उनले भनेका छन् ।

उनले आफूलाई आर्थिक रूपमा कसैले पनि प्रभावित पार्न नसक्ने दाबी गरेका छन् । ‘दुई करोड त के पृथ्वीभरिको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सब लाई थाहा छ । हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ । तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन,’ उनले भनेका छन् ।

उनले पार्टीमा अहिले देखिएको समस्या समाधान गर्न आफू सक्षम रहेको पनि बताएका छन् । उनले ुअडियोु प्रकरणलाई चुनावी हतियार बनाउन सम्पूर्ण शक्ति लगाउन खोजिएको बताएका छन् ।

‘रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नुपर्छ । अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइँदै छ । दैनिक १८ घण्टे चुनावी दौडले हल्का थाकेको छु । आज अलि चाँडै सुत्छु ।आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ । थप कुरा भोलि,’ उनले भनेका छन् ।

आइतबार मात्र रास्वपाका सांसद डा। ढाका कुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ ।