Breaking

सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर नउठाउन बालेनको निर्देशन


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह केन्द्र सरकारसँग टकराव गर्ने मनस्थितिमा देखिएका छन् । दुई दिनअघि गैरीगाउँमा रहेको सुकुमवासी बस्तीमा डोजर चलाउन नपाएपछि उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् ।

सुकुमवासी बस्तिमा डोजर चलाउने बालेनको योजना गृहमन्त्रालय र प्रहरीको असहयोगका कारण असफल भएको थियो । डोजर ल्याउने बाटोमा स्थानीयवासीले अवरोध गरेपछि बालेनले प्रहरीको सहयोग खोजेका थिए । उनी आफैं सिनामंगलस्थित सशस्त्र प्रहरीको गणमा पुगेर सहयोग मागे । तर, सशस्त्रले माथिको आदेश नभएको भन्दै आफ्नो लाचारी दर्शाएपछि बालेन निराश भएका थिए । यसको झोक उनले भोलिपल्ट सामाजिक सञ्जालमा पोखे ।
हुन त बालेनले शुक्रबार र शनिबार लेखेका स्टाटसहरूलाई त्यति गम्भीरतापूर्वक लिनु हुँदैन भन्ने चर्चा पनि छ । तर, बालेनले हिजो लेखेका स्टाटसहरू यत्तिकै नजरअन्दाज गर्न सकिने खालका थिएनन् । आफ्नो भेरिफाइड अकाउन्टबाट उनले सिंहदरबारको फोहोर आजबाट नउठ्ने घोषणा गरे । कुनै स्पष्ट कारण उल्लेख नगरिकन उनले यस्तो घोषणा गरेका थिए । बरु उनले ‘नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने’ आक्रोशित अभिव्यक्तिसमेत थिए । ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँ (सिंहदरबार) का नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ बालेनको यो भनाइले उनी सरकारसँग चरम असन्तुष्ट रहेको बुझ्न सकिन्छ ।

उनले आफ्नो पर्सनल अकाउन्टमा लेखेको स्टाटस अझै गम्भीर प्रकृतिको छ । बालेनले कुनै तथ्य र आधार प्रस्तुत नगरीकन ‘यो सरकार भारत र चीनले बनाइदिएको’ लेखेका छन् । कतिपयले यसलाई जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको गैरजिम्मेवार अभिव्यक्तिका रूपमा टिप्पणी गरेका छन् । तर, सामामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा जनसमर्थन चाहीँ उनको पक्षमा देखिन्छ ।

पक्कै पनि देशको राजधानी सहरको नेतृत्वदायी पदमा रहेको व्यक्तिले पर्याप्त सोचविचार नगरी केन्द्र सरकारविरुद्ध नै यसरी सार्वजनिक रुपमा फायर खोल्नु शुभ संकेत होइन । आखिर किन उनी सरकारप्रति यसरी उत्तेजित हुन पुगे ? के यो अस्ति सुकुमवासी वस्ति भत्काउन नपाउँदाको क्षणिक प्रतिक्रिया मात्रै हो र? बालेनका निकट सहयोगी कुमार बेन सुम्कुम्वासी बस्ति हटाउने विषयसँग हिजोका स्टाटसहरूको सम्वन्ध नरहेको बताउँछन् । उनले सुकुमवासी बस्तीमा डोजर चलाउने तयारी नरहेको दाबी गरे ।

देशको राजधानी शहरको नेतृत्व गर्ने मेयरले नै यसरी सरकारविरुद्ध सार्वजनिकरूपमा फायर खोल्नु शुभ संकेत होइन । आखिर किन उनी सरकारप्रति यसरी उत्तेजित हुन पुगे र ? के यो अस्ति सुकुमवासी बस्ती भत्काउन नपाउँदाको क्षणिक प्रतिक्रियामात्रै हो रुबालेनका निकट सहयोगी कुमार बेन सुकुमवासी बस्ती हटाउने विषयसँग हिजोका स्टाटसहरूको सम्बन्ध नरहेको बताउँछन् । उनले सुकुमवासी बस्तिमा डोजर चलाउने तयारी नरहेको दाबी गरे ।
‘डोजर आउँदैछ भन्ने हल्ला मात्रै भएको हो । त्यस्तो कुनै तयारी थिएन । अदालतले नै त्यहाँ वस्ति नभत्काउन आदेश दिएको छ । महानगरले डोजर चलाउँदैछ भनेर यत्तिकै अफवाह फैलाइयो,’ उनले भने ।
तर, अस्ति गैरीगाउँमा डोजर लैजान बालेनले सहयोग मागेको सशस्त्र प्रहरीको स्रोतले नेपाल प्रेससँग पुष्टि गरेको छ । महानगरले यसअघि बस्ती खाली गर्न एकसाताको समय दिएर गोरखापत्रमा सूचना पनि प्रकाशित गरेको थियो ।

यदि सुकुमवासी बस्ती कारण होइन भने अचानक बालेनको यस्तो स्टाटस किन आयो त रु ? यो प्रश्न बेनलाई सोध्दा उनले एक-दुई दिनमा यसबारे आधिकारिक जानकारी दिइने बताए । महानगरले विज्ञप्ति नै जारी गरेर सरकारबाट भइरहेका असहयोगसम्बन्धी सबै कुरा सार्वजनिक गर्नेछ,’ उनले भने । फोहोर नउठाउन निर्देशन बालेनको घोषणाबमोजिम आजबाट सिंहदरबारको फोहोर नउठ्ने भएको छ । हिजो शनिबार भएकाले बालेनको घोषणा आजबाट कार्यान्वयन हुने भएको हो ।
महानगर स्रोतका अनुसार सिंहदरबारमात्र नभएर प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवास शीतल निवासको समेत फोहोर नउठाउन निजी कम्पनीहरूलाई निर्देशन दिइएको छ । निजी कम्पनीहरूले ती स्थानको फोहोर उठाएर टेकुमा ल्याउने गर्छन् । टेकुबाट महानगरले तिनपिप्लेमा लैजान्छ ।यदि जबरजस्ती फोहोर उठाइएमा टेकुमा खसाल्न नदिने चेतावनीसमेत महानगरले दिएको स्रोतले बतायो । महानगरलाई भइरहेको ‘असहयोग’ बारे सरकारले कुनै प्रतिबद्धता नगरुञ्जेल फोहोर नउठाएर दबाब दिने रणनीति मेयरले लिएका हुन् ।