Breaking

पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी


काठमाडौँ – ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा ९थिङ०लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सचिव पदमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा पनि अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन् । दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन् । अन्य सदस्यहरुमा अनेरास्वयुका उम्मेदवार विजयी भएका छन् ।

पाटन क्याम्पसमा चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन चैत २५ गते भएको थियो । चैत ५ गतेको चुनावको लागि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सुशील विष्टलाई सभापतिको उम्मेदवारको टिकट दिएपछि विष्टले उम्मेदवारी दर्ता गराएका थिए । तर उक्त दिनको चुनाव स्थगित भएर २५ गते सरेपछि अध्यक्ष शेर्पाले युवराज लामालाई सभापतिको टिकट दिएपछि असन्तुष्ट विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

अध्यक्ष शेर्पाले नेविसंघका दुई जनालाई स्ववियु सभापति उम्मेदवारको टिकट दिएपछि आधिकारिकताको विवादसमेत भएको थियो ।