Breaking

बालेनको केटौले स्टाटस, कमेन्टमा तालीको वर्षा (भिडियोसहित)


काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहको एक पछि अर्काे अभिव्यक्तिहरु सामाजिक संजालहरुमा अराजक रूपमा सार्वजनिक हुन थालेपछि उनीप्रति सबैको चासो बढेको छ । अपाच्य, अमर्यादित र उत्तेजना आक्रोशले भरिएका शब्दहरु प्रयोग हुन थालेपछि बौद्धिक तप्काले उनको शैलीलाई अराजकताको पराकाष्ठा मानेका छन् ।

शनिबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन राज्य प्रति निकै आक्रोशित देखिए । बिहान ८ बजे देखि मध्याह्न १२ बजे सम्म उनको आक्रोश सामाजिक सञ्जालमा पोखियो । दुईवटा फेसबुक अकाउण्टबाट पालै पालो सरकार विरुद्ध उनले प्रहार गरिरहे । सुरूमा अबदेखि सिंहदरबारको फोहोर नउठ्ने सांकेतिक टिप्पणी गर्दै देश सफा गर्न नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने बताए भने त्यसपछि देशको नेतृत्व भारत र चाईनाको इसारमा चलेको गम्भीर आरोप लगाउदै स्वाभिमान र स्वाधीनताको प्रश्न उठाए । त्यसरी बनेको सरकारको कुनै इज्जत पनि नगर्ने टिप्पणी गरे । त्यस्तै कानुन कार्यान्वयनको जिम्मा पाएको नेपाल प्रहरीले नै बाटो मिचेर संरचना बनाएको हुँदा त्यसलाई हटाउन उनले तेस्रो स्टाटस पोष्ट गरे । मेयर बालेनले उठाएका मुद्दाको अधिकांशले प्रशंसा नै गरे ।

केही हप्ता पहिले पनि मेयर शाहले शनिबार साँझ आफूलाई मेयर पदबाट राजीनामा गराउन बाध्य पारिँदैछ, यो देश कहिल्यै बन्दैन भन्दै स्टाटस लेखेका थिए । तर कस्ले, कहिले र कसरी राजीनामा गराउन बाध्य पारे भनेर उनले आजको मितिसम्म स्पष्ट पारेका छैनन् । तर यस्ता अर्धतथ्यलाई सामाजिक संजालमा स्टाटसको रुपमा अभिव्यक्त गर्ने काम उनीबाट निरन्तर भइरहेका छन्। एउटा व्यक्ति विशेषले लेखेको स्टाटस नभई बालेन शाहको स्टाटसलाई काठमाडौँ जस्तो मुलुकै राजधानी रहेको महानगरपालिकाको मेयरको स्टाटसको बुझिने हुँदा त्यसबारे सार्वजनिक चर्चा र चासो हुनु स्वभाविकै हो। मेयर बालेनको स्टाटसले बौद्धिक तप्कामा कुनै मुल्य पाएको छैन । बरु पदीय मर्यादामा गम्भीर आँच आएको प्रति चिन्ता बढेको छ ।

महानगरले चालेको कदममा राज्यको नेतृत्व नै ठोकिन पुगेको र त्यसबाट भएको असयोहगकै कारण बालेनले दिने अभिव्यक्तिमाआवेग पोखिएको हुनसक्छ । तथापी उनी सम्हालीन र विधिसम्मत आफ्नो जिम्मेवारीमा अघि बढ्नुको विकल्प छैन । नकी अराजक अभिव्यक्तिले कुने समाधान दिन्छ ।सरकारको असहयोगमा आत्तिएका बालेनसँगै महानगरकै वडाध्यक्षहरु पनि काम गर्न नसकेर लाचार बनेका छन् ।

निसन्देहः दैलीय व्यवस्थामा स्वतन्त्र व्यक्ति स्थानीय सरकार प्रमुख भएर आउँदा त्यो पनि काठमाडौँ जस्तो महानगरपालिकामा राज्य सरकार सहयोगी देखिएको छैन । यो तितो यथार्थका बीच मेयर बालेन शाहले तलदेखि माथिसम्म सरकारको चेनलाई चूनौती दिएर, अराजक अभिव्यक्ति दिएर चिढ्याएर सफल हुन सक्दैनन् ।

संयमता पूर्वक राज्यका शक्तिहरुलाई उपयोगर परिचालन गर्न जरुरी छ । यदी उनलाई नीतिगत, मनशायगत कोही सौट असयोग भएकै हो भने त्यस अनुसार सार्वजनिक हुन जरुरी छ । यस्ता अर्थ सुचनाले भरिएका सस्तो फेसबुक स्टाटसले उनलाईप्रतिघात बाहेक अरु गर्ने देखिन्न । शाहको अभिव्यक्तिलाई लक्षित गर्दै विभिन्न राजनीति दलका नेतहरुले समेत आपत्ति व्यक्त गरेका छन् ।