Breaking

आँखा उपचारमा लायन्स क्लबले महत्त्वपूण भुमिका खेलेको छः सभामुख घिमिरे


काठमाडौँ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा राष्ट्रव्यापी आँखा उपचारमा लायन्स क्लबले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभएको छ । आज काठमाडौँमा भएको लायन्स क्लबको अधिवेशनमा बोल्दै उहाँले नेपालमा अन्धोपन निवारण गर्न लायन्स क्लबले उल्लेखनीय काम गरेको बताउनुभयो । सभामुख घिमिरेले वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न, भूकम्पका बेला पनि राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । भूकम्पका बेला ४५ करोडभन्दा बढी सहयोग जुटाएर विद्यालय बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । सामाजिक काममा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि सामाजिक काममा लाग्न आग्रह गर्नुभयो ।