Breaking

ललितपुर चौधरी ग्रुपद्धारा निर्माण भइरहेको समिट अपार्टमेन्ट वरपरका घरहरु भासिए, २ घर भत्कियो, ६ घर जोखिममा


काठमाडौँ– ललितपुरको बखुण्डोलमा उद्यागी विनोद चौधरीको लगानीमा निर्माण भइरहेको रहेको समिट अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् । समिट अपार्टमेन्टको उच्च लापर्वाहीले स्थानीय बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका हुन् । चौधरी ग्रुपले आफूखुसी समिट होटललाई अपार्टमेन्टको रुपमा विकास गर्दै अन्दाधुन्ध निर्माण थालेपछि वरपरका दर्जनौँ घरहरु भत्कीन थालेका छन् ।

दुई वटा घर पूर्ण रुपमा जमिन मुनी भासिएको छ । शनिबार राती २ बजेतिर निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू एकाएक भासिएपछि बखुन्डोलमा आतंक नै मच्चीयो । २ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने बाँकी ६ वटा भन्दा बढी घर जोखिममा छन् । अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन । नक्सा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको आक्रोश छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन ।