Breaking

एमाले मुलुकको प्रमुख शक्तिको रुपमा रहेको ओलीको दावी


काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दावी गर्नु भएको छ । पार्टी निकट अखिल नेपाल महिला संघको काठमाडौंमा सूरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले मुलुकमा अरु पार्टी भन्दा बढि बलियो र अग्लो रहेको बताउनु भयो । उहाँले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरु लागेपनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासँगलाई धन्यवाद पनि दिनु भयो । अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहो¥याउनु भयो ।