Breaking

उपप्रधानमन्त्री खड्काले गृह जिल्ला सुर्खेत पुगेर ढोगे माटो


काठमाडौँ – उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर माटो ढोगेका छन्।

उपप्रधान एवं रक्षामन्त्री भएपछि शनिबार सुर्खेत पुगेका उनले विमानस्थलमा जहाजबाट ओर्लिन बित्तिकै माटोलाई ढोगेका हुन्।

सुर्खेतमा हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। खड्कालाई स्थानीयहरूले स्वागत गरेका थिए।

सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने गरेर कुनै पनि कामहरू आफूबाट नहुने बताए।

‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्यो भन्ने जस प्राप्त गर्न सकूँ,’ खड्काले भने, ‘त्यही तागत, आर्शिवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको हुँ।’