Breaking

स्वर्णिमले रविलाई स्वाहा बनाउँदै, चुनाव जित्न देखाए असली चरित्र, गगनको भक्तिगानपछि रविको दासत्व


काठमाडौँ — स्वर्णिम वाग्लेले काँग्रेस छोडेर रास्वपाबाट तनहुँमा उम्मेदवारी दिएपछि एकखाले तरंग उत्पन्न भएको छ । आजभोलि स्वर्णिमको योग्यता र काँग्रेसको भूमिकामाथि प्रश्न उठाएर अनेक टिकाटिप्पणी भइरहेका छन् । हामीले खोजेका सांसद, मन्त्री र प्रधानमन्त्री कस्ता हुन् ?उच्च तहको शिक्षा हासिल गरेका, निर्धक्कसँग बोल्नसक्ने, अनुभवले खारिएका, विदेशीका मञ्चमा पनि फर्रर अंग्रेजी बोलेर नेपालीको नाक जोगाइदिनसक्ने ।

ठ्याक्कै त्यस्तै पात्र हुन् डा. स्वर्णिम वाग्ले ।एसएलसीमा बोर्ड सेकेन्ड, लण्डन स्कुल अफ इकोनोमिक्सबाट ब्याचलर डिग्री, हार्वर्ड विश्वविद्यालयबाट मास्टर्स डिग्र्री,अष्ट्रेलियन विश्वविद्यायलबाट विद्यावारिधी गरेपछि नामका अघि डाक्टर लेख्न सफल । अर्थमा उत्कृष्ट क्षमता, युएनडीपीको एसिया प्यासिफिक क्षेत्र हेर्नेगरि मुख्य आर्थिक सल्लाहकारको अनुभव । योभन्दा अरु जान्ने मान्छे कस्तो हुन्छ ?के यस्तै व्यक्ति हामीले राजनीतिमा खोजेको होइन ?कि सधैं ढुंगा हान्ने, जेल बसेको ब्याज खोज्ने, पटकपटक असफल प्रमाणित भइसक्दासमेत हावादारी गफ दिएर पद ओगट्दै बस्नेलाई मात्रै अवसर दिने हो ?त्यसकारण स्वर्णिमले यसपटक अवसर पाउनुपर्छ ।

तर सबथोक भएरमात्रै के गर्नु राजनीति गर्ने ढंग नभएपछि।एमसीसीमा सारा देश एकातिर उभिँदा स्वर्णिम काँग्रेस महामन्त्री गगन थापाकोविद्वानता दास बन्दै अर्काेतिर उभिँएर नेपालीहरु अनपढ हुन्, गवार छन्, यीनीहरुले कुरा बुझ्दैनन् भन्दै अमेरिकी परियोजना लाद्न भूमिका खेलिरहेका थिए ।उनको बोलीको ठेगान पनि रहेनछ भन्ने त अहिलेमात्रै थाहा भयो, जब उनले चारमहिनाअघि आफैले बोलेको विर्सिएर गगनविरुद्धै दन्तबझान गर्न थाले ।

चारमहिनाअघि गगनलाई स्वर्णिमले राजनेता भनेका थिए । अहिले देउवाको निगाहमा रहेको भन्दै सत्तोसराप गरिरहेका छन् । अब एकपटक काँग्रेस छोडी तनहुँ १ मा रास्वपाको उम्मेदवार बनेपछि गगनविरुद्ध गरेको कटाक्ष र प्रस्तुतीमा देखाएको असली शैली पनि हेरौं ।

स्वर्णिमलाई काँग्रेस नेतृत्वकै सरकारले विदेशी विमानबाट भुँइ झर्न नपाउँदै राष्ट्रिय योजना आयोगको सदस्य बनाएको थियो । त्यसपछि उनी उपाध्यक्ष बन्दै नेतृत्वमा पुगे ।त्यसयता फेरि अमेरिकामै फर्किएर जागिरे जीवन सुरु गरे । तर मंसिर ४ को निर्वाचनमा टिकट पाउने उद्देश्य बोकेर फेरि नेपाल फर्किएका उनले शीर्ष तप्काको ओतमुनि भएर पनि उम्मेदवार बन्न नपाएपछि काँग्रेस छोडेका हुन् । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि मन्त्रीस्तरकै भयंकर सुख सुविधासहित सल्लाहकार बन्न खोजेपछि उनको महत्वाकांक्षा झनै छताछुल्ल भयो ।

तैपनि राष्ट्रपति पौडेलले राज्यमन्त्रीस्तरिय सुविधा दिएर स्वर्णिमको लालचमाथि बुझो लगाउने कोशिस गरेकै थिए । तर देउवा–आरजु देब्रे परेपछि स्वर्णिमको यो सपना स्वाह बन्दै अहिले रवि लामिछानेको रास्वपा जानु परेको छ ।काँग्रेसले उपनिर्वाचनमा तनहुँ एकको टिकट पनि नदिएपछि रास्वपा हानिएका स्वर्णिमले त्यहाँ पुगेलगत्तै कुनैबेला गगनलाई राजनेता देखेँझैं अहिले रविलाई वीपी देख्न थालेका छन् ।

स्वर्णिमको यो स्वार्थपूर्ण तारिफले छेउमै रहेका रवि पनि सकसमा पर्दै लजाइरहेका थिए । तर प्रशंसाको दायरा विर्सिएर रविको देवत्वकरणमा लागिपरेका स्वर्णिम कुनैपनि हालतमा चुनाव हार्न चाहेका छैनन् । यसैकारण उनी कहिले रविलाई अबको प्रधानमन्त्री र रवि नै वीपी भन्न लागिपरेका छन् ।विद्वान दासको यो अभिव्यक्तिलाई विश्लेषकहरु राजनीति र पात्रप्रतिको अज्ञनताको रुपमा टिप्पणी गरिरहेका छन् ।

तर नयाँमा देखिएको पदप्राप्तिको राजनीतिले बोलीको ठेगान र नियतीमाथि पनि प्रश्न उठाएको छ । हिजो एमसीसीलाई ब्याख्यात्मक घोषणासहित पारित गर्नेस्वर्णिमहरुले फेरि संसदमा पुगे ब्याख्यात्मक घोषणामै देश बिगार्न के–के गर्न सक्लान् ? तथापी स्वर्णिमलाई भगौडा भनिरहेको काँग्रेस पनि आजभोलि अवसरवादीभन्दै आलोचना गर्न थालेको छ ।

राजनीतिले विद्वानहरुलाई पनि दास बनाउँछ भन्ने उदाहरण स्वर्णिम हेरेपुग्छ । तर तीनलाई उत्पादन गर्ने गगनहरु पनि कम छैनन् ।हिजो आफुसँग हुँदा यस्तो मान्छे संसदमा नभई हुँदैन भन्दै आफ्नै क्षेत्र छोड्न तयार भएका गगन अहिले भगौडा भनिरहेका छन् । तर यीनीहरुको यही राजनीति देखेर बचेको आश पनि मार्दै देश छाडिरहेका युवाहरुलाई उनीहरु के भन्दा हुन् ?