Breaking

सुकुम्वासी बस्तीका बासिन्दाले छेके महानगरको डोजरलाई बाटो

yohokhabar

काठमाडौँ — काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ ।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन् । बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।