काठमाडौँ – मोबाइल गेमिङको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गईरहेको छ । हरेक उमेर, लिङ्ग, अथवा पेशाका मानिसहरुको लागि गेमिङ एउटा जीवनशैली जस्तै नै भईसकेको छ। गेमिङ मनोरन्जनको माध्यम मात्र नभएर तनाव कम गर्ने र दिमागलाई कसरत गराउने एउटा राम्रो उपाय पनि हो।
अहिले स्मार्टफोनको बजार एकदमै फराकिलो र प्रतिस्पर्धी हुँदै गईरहेको छ। बजारमा विभिन्न स्मार्टफोन ब्रान्डका १०० भन्दा बढी फ्रेश मोडलहरु उपलब्ध रहेका छन् । ती मध्ये एक हो रियलमी, जसले एकदमै आकर्षक मुल्यमा गेमिङ फोनहरु उपलब्ध गराउँदै आइरहेको छ। महँगो मुल्य पर्ने फ्ल्यागशिप फोनहरुमा मात्र पाइने फिचरहरु पनि यसले आफ्नो बजेट स्मार्टफोनहरुमा राखेकोले गर्दा पनि मानिसहरुले यो फोनलाई रुचाउने गर्दछन् । यदि तपाईं गेमिङमा रुचि राख्नुहुन्छ भने रियलमीको नार्जो सिरिज पक्कै पनि मन पराउनुहुनेछ।
हामीले यहाँँ रियलमी नार्जो सिरिजका यस्तो स्मार्टफोनहरुको सुची तयार पारेका छौँ, जुन विशेष गरी गेमिङकै लागि डिजाइन गरिएका हुन् । यी फोनहरु हेर्नमा आकर्षक त छन् नै साथै गेमिङ फोनमा हुनुपर्ने सबै फिचरहरु र सुविधाहरु पनि छन् । गेम खेल्न मात्र नभएर दैनिक प्रयोजनको लागि पनि यी फोनहरु अत्यन्तै उपयुक्त छन् र यिनीहरुको मुल्य पनि अत्यन्तै चित्त बुझ्दो छ।
रियलमी नार्जो ५०
यदि तपाईं भ्यालु–फर–मनि स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने नार्जो ५० एकदम उपयुक्त रोजाइ हो। यसमा भएको १२ एनएमको एडभान्सड् मेडियाटेक हेलियो जि ९६ चिपसेट र माली जी ५७ एमसी २ जीपीयूले तपाईंलाई गेम खेल्दा गज्जबको अनुभव प्रदान गर्छन्।
४ जीबी र ६ जीबी र्याम अप्सनमा आउने नार्जो ५० आइमा डिआरइ (डाइनामिक र्याम एक्स्पान्सन) फिचरले गर्दा ११ जिबि सम्म बढाउन मिल्छ जसले स्टोरेजको चिन्ता बिना नलिकन सिमलेस गेमिङको गर्न सजिलो बनाउँछ।
उत्कृष्ट गेमिङ एक्स्पिरियन्सको लागि फोनमा हुनैपर्ने चिज हो, हाइ क्वालिटी डिस्प्ले । ६.६ इन्चको ब्राइट, फुल एचडि प्लस एलसिडि स्क्रिन भएको यसको डिस्प्लेमा १२० हर्जको रिफ्रेश रेट र १८० हर्जको अडप्टिभ टच स्याम्प्लिङ् रेट भएकोले स्मुथ, रेस्पोन्सिभ र क्लियर भ्युइङ इक्स्पिरियन्स लिन सकिन्छ।
त्यस्तै, गेमिङ फोनहरुमा हुनैपर्ने अर्को फिचर हो, जाइरो सेन्सर जुन यो मुल्यका कुनै पनि फोनहरुमा उपलब्ध छैन्। ब्याट्रिको कुरा गर्नुपर्दा यसमा ३३ वाटको क्विक चार्जिङ युक्त ५००० एमएएचको शक्तिशाली वायर्ड ब्याट्रि रहेको छ, जुन एक घण्टाभन्दा कम समयमै पुरै चार्ज हुन्छ। यस्तो शक्तिशाली ब्याट्रि हुँदा हुँदै पनि यो फोन कम्प्याक्ट र हलुका छ।
गेमिङकै लागि डिजाइन गरिएको भए पनि गेम नखेल्ने मानिसहरुको लागि पनि यो फोन उत्तिकै राम्रो छनोट हो । ५० मेगापिक्सलको ट्रिपल एआइ क्यामरा सेटअप सहितको यस रियलमी नार्जो ५० आइमा सेल्फीको लागि १६ मेगापिक्सलको क्यामरा रहेको छ । लेटेस्ट कनेक्टिभिटी अप्सन सहित उपलब्ध यस नार्जो ५०आइमा फिंगर प्रिन्ट सेन्सर साइडमा राखिएको छ।
ग्लास र प्लास्टिकको सिङल स्ल्याबमा प्याकेज्ड यो फोनको मुल्य ४/६४ जिबि भेरियन्टको लागि २३,९९९/– रहेको छ भने ६/१२८ जिबि भेरियन्टको लागि २७,४९९/– रहेको छ।
प्रतिक्रिया