काठमााडौँ — ताइवानका राष्ट्रपति साई इङ्ग–वेन र अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीबीचको बहुप्रतिक्षित भेटको प्रतिक्रिया स्वरूप चीनले सैन्य अभ्यास सुरु गरेको छ । राष्ट्रपति साईलाई न्यूयोर्कको नेतृत्व पुरस्कारबाट सम्मानित गरिएको एक हप्तापछि चीनले सैन्य अभ्यास सुरु गरेको हो । ताइवानका राष्ट्रपति साई इङ्ग–वेन र अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीबीचको भेटलाई लिएर चीन र तईवान बीच तनाव हुने सम्भावना देखिएको छ । चीनको चेतावनीबिच ताईवानका राष्ट्रपति साईले अमेरिकाका सभामुख केभिन म्याकार्थीलाई भेटेका छन् ।
चीनले ताइवानका राष्ट्रपति साईले अमेरिका भ्रमणका क्रममा त्यहाँको तल्लो सदनका सभामुखलाई भेटेमा त्यसविरुद्ध लड्ने चेतावनी दिएको थियो । गत वर्ष पनि पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको चीनले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व सैन्य अभ्यास गरेको थियो । गत हप्ता मात्रै अमेरिका पुगेकी ताइवानका राष्ट्रपति साईले सभामुख केभिन म्याकार्थीसंगको भेटलाईलिएर ताईवानले ठुलो मुल्य चुकाउनु पर्ने देखिएको छ । अहिले बेइजिङले स्वशासित टापु वरपरको पानीमा युद्धपोतहरू पठाएको छ ।
ताइवान दक्षिणपूर्वी चीनको तटबाट करिब १०० माइल टाढा अवस्थित एउटा टापु हो । यो पहिलो टापु श्रृंखलामा अवस्थित छ जसमा धेरै अमेरिकी समर्थकहरू अवस्थित छन् । यी सबै टापुहरू अमेरिकाको विदेश नीतिका लागि धेरै महत्त्वपूर्ण छन् । यदि चीनले ताइवानलाई कब्जा गर्छ भने धेरै पश्चिमी विज्ञहरूको विचारमा यो पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभुत्व स्थापित गर्न स्वतन्त्र हुनेछ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना भाषणहरूमा ताइवानसँगको एकीकरण पूरा हुने बताउने गरेका छन् ।
उनले यो हासिल गर्न बल प्रयोग गर्न सक्ने पनि बताएका छन् । पछिल्लो समय साईको अमेरिका भ्रमणको समय संयोग मात्र होइन । अमेरिका र चीन गहिरो र बढ्दो शत्रुता पनि छ । ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्र मान्ने गरे पनि लामो समयदेखि चीनले त्यसलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया