Breaking

पाँच दललाई जिताउन सत्ता गठबन्धनको अपिल


काठमाडौँ — सत्ता गठबन्धनका ५ दलले आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । मंगलबार पाँच दलले विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन अपिल गरेका हुन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संयुक्त अपिल गरेका हुन् । वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ क्षेत्र नम्‍बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर ३मा उपनिर्वाचन हुन लागेको हो ।