Breaking

उपनिर्वाचनले प्रचण्ड संकटमा ! दाउ हेर्दै देउवा,गठबन्धन फुटाउने खेलमा ओली !


काठमाडौँ — सरकार विस्तारसंगै विश्वासको मतको वेला भन्दा खुम्चिएको सत्ता गठबन्धन उपचुनावले अझ समस्या सिर्जना गरिदिएको छ । प्रदेशमा एमालेले ढोक्सा थाप्न सुरु गरेको छ भने गठबन्धनकै दलहरु भिड्ने अवस्था सिर्जना भएको हो । जसले गठबन्धनकै आयूमाथि आशंका गर्ने वातावरण निर्माण भएको हो । वर्तमान सत्ता गठबन्धन एजेण्डाको आधारमा बनेको भन्दै पाँचबर्ष नै टिक्ने शिर्ष नेतृत्वको दावी फेल हुने अवस्था सिर्जना हुन थालेको छ ।

यसैको संकेत सरकार विस्तार पछि अझ सुदृढ हुनुपर्ने गठबन्धन चुनावमा छिन्नभिन्न बनेको छ भने प्याकेजमै सहमती गरिने भनेको प्रदेशमा समेत ढोक्सा थाप्ने खेल सुरु भएको हो । फलत ः विश्वासको मत दिदा ११ दल भएको गठबन्धन अहिले खुम्चिएको छ । पछिल्लो सरकार विस्तारसंगै कांग्रेस,नेकपा एकीकृत समाजवादी,जसपा,नेसपा,नागरिक उन्मुक्ति र लोसपा पनि सत्तामा थपिएका छन । योसंगै पाएको मन्त्रालय नपाएपछि जनमतका मन्त्रीले राजिनामा दिएका छन भने रास्वपा र जनमोर्चा सरकारमा सहभागी छैन ।

भागवण्डामा अंकगणितिय आकारमा हेर्दा ठुलो दल कांग्रेसले राष्ट्रपति पाँउदा माओवादीले प्रधानमन्त्री पाएको छ । जहाँ विपक्षी एमालेले समेत सभामुख पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख र जसपाले उपराष्ट्रपति पाएको छ । तर यहि तर्क गर्दै गृह मागेको एकीकृत समाजवादी भने भौतिक पुर्वाधार र कृषीमा समेटिएको छ । यता आम जनता पार्टीका प्रवक्ता चन्द्र भुषण साहले प्रधानमन्त्री प्रचण्डले प्रभु शाहलाई मन्त्री नबनाएर धोका दिएको आरोप नै लगाएका छन । अर्कातर्फ सातौ पटको विस्तारमा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछि प्रचण्ड सरकार पूर्ण भएको छैन भने परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय प्रचण्डले आफूसँगै राखेका छन् । त्यस्तै प्रदेश सरकारमा पनि परस्पर विरोधी र एमालेले ढोक्सा पाएको अवस्था देखिदा कतै एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाखसम्म दिएको म्याद लागु हुन त लागेको हैन भन्ने आशंका सुरु भएको हो ।

यता उपचुनावमा समेत सरकारमा नभएका तर गठबन्धनमा भएकाहरु सत्ताघटक दललाई नै चुनौती दिने गरि प्रस्तुत भएका छन । यसअघि गठबन्धनभित्रबाटै मधेशवादी दलको छायाँ गठबन्धन बनाएर उपेन्द्र यादवलाई घेराबन्दीमा पारेका सिके राउत अहिले निर्वाचन केन्द्रीत गतिविधिमा व्यस्त छन । सार्वजनिक अभिव्यक्तिका क्रममै उपेन्द्रलाई फिरङ्गी उम्मेदवारको ट्याग लगाएका उनले मंसिर ४ मा माओवादीबाट उम्मेद्वार बनेर दोश्रो वढि मत ल्याएका शिवचन्द्र कुशवाहलाई अघि सारेका छन । अर्थात गठबन्धनकै एक पार्टीको मान्छे ल्याएर गठबन्धनकै अर्को पार्टीलाई रोक्ने रणनितिमा गठबन्धनकै दल लागेको छ ।

यता तनँहु १ मा स्वर्णिम वाग्लेलाई उठाएर कांग्रेस विरुद्ध धावा वोलेका रास्वपा सभापती रवि लामिछानेको प्रमुख प्रतिपस्र्धी चितवन २ मा कांग्रेस नै हो । यसको अर्थ एकै गठबन्धनमा रहेर अर्को साझा उम्मेद्वार तय गर्न नसकेका उनीहरुले भिडन्त पनि पूर्व सहकर्मीविचमै गराएका छन । जहाँ चितवन २ मा कांग्रेसका जितनारायणले रवि विरुद्ध गालीको बर्षा गराइरहेका छन । जो जितेर आएपनि गठबन्धनकै दल जित्ने यो रोचक दृश्यमा भिडन्त पनि गठबन्धनकै दलहरुमा देखिएको छ । जहाँ एमाले क्षेत्रगत राजनीतिक प्रभावका आधारमा कमजोर छन् ।

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता तथा शिक्षामन्त्री अशोक राईले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई आफ्नो पार्टीले दिएको समर्थन फिर्ता नहुने बताएका छन् । यदी राईको अभिव्यक्तिलाई माओवादीले मौन समर्थन जनाइराख्दा आशंका पैदा भएको छ । मधेश प्रदेशमा समिकरण फेरवदल भए कांग्रेसले दावी गर्ने सम्भावित परिस्थितिमा जसपाले नै एमालेलाई रिजाई रखेको छ । कर्णालीमा त एमालेले ढोक्सा नै थापिसकेको छ ।

एमाले कर्णाली सरकारबाट बाहिरिएको छैन भने यहाँ एमालेका तीनजना मन्त्री सरकारमै छन् । कांग्रेसले गर्दै आएको दावीलाई कमजोर तुल्याउन एमाले वोक्ने तथा यसअघिको संघको गठबन्धन कर्णालीमा ब्युताउँने प्रयासमा माओवादी छ । यता राष्ट्रपति पाईसकेको कांग्रेस पनि आफू चाहेको दिन प्रधानमन्त्री बन्न सक्ने अवस्थामै छन । देउवाले घेराबन्दीको अवस्था आए यहि अनुकुलता प्रयोग नगर्लान भन्न सकिन्न ।