Breaking

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्‍लेले दर्ता गराए उम्मेदवारी


काठमाडौँ — तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्‍त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्‍लेले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्ता गराउन रास्वपाका सभापति रवि लामिछाने लगायत नेताहरू पनि पुगेका थिए ।

लामिछानेले पनि चितवन क्षेत्र २बाट उपनिर्वाचन लड्दैछन् । वैशाख १० गते हुने उपनिर्वाचनको लागि सोमबार अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गराउन निर्वाचन आयोगले समय तोकेको छ ।