Breaking

प्रधानमन्त्रीलाई उद्घाटन र भाषणमै रमाइलो, १६ मन्त्रालय नाम मात्रैको भारी, मन्त्रीहरु पनि उस्तै


काठमाडौँ — प्रचण्डको दैनिकिउद्घाटन, भाषण र अर्थहिन्कार्यक्रममाव्यस्त, १६ मन्त्रालयको जिम्मेवारी,र पनि छैन गम्भीरता,भौतिक र पर्यटनमन्त्रीको दैनिकीपनि उस्तै । नयाँजनादेशसंगै सरकार गठनभएको पनि तीन महिना पुग्यो । तर अस्थिर सत्ता समीकरणले सरकारले समेत स्थायत्विपाउन सकेको छैन । त्यसमाथि प्रधानमन्त्रीदेखि बचेखुचेका मन्त्रीहरु पनिऔपचारिक कायृक्रममै व्यस्तहुँदा परिणाम देखिएको छैन । प्रधानमन्त्रीआफैँकाकार्यकारी पद हो त्यस माथि पुष्पकमल दाहाल प्रचण्डलाई अरु १६ वटा मन्त्रालयको भारी पनि छ । अर्थ, गृह, परारष्ट्र जस्ता शक्तिशाली, अतिव्यस्तहुने मन्त्रीको जिम्मेवारी समेत आफेँसंग राखेका प्रचण्डलाई काम नै गर्ने हुटहुटी भए थाल खाउँ न भात खाउँको बेफुर्सद हुने पर्ने हो ।

तर दुनियाँमै सबैभन्दा फुर्सदिला प्रधानमन्त्री कोहीछन् भने उनै प्रचण्डहुनु पर्छ । किनकीकुनै काम नपाएर औपचारिक कार्यक्रमको उद्घाटन, भाषण र भेटघाटमै उनको दौडधुप देश व्यापी छ । त्यस माथिमन्त्री परिषद् विस्तार नामको लाजलाग्दो अन्त्यहिन् वादविवादमा पनि घण्टौँ समय दिइनै रहेका छन् । प्रधानमन्त्री भए लगत्तै पुष १६ गते चितवन पुगेका प्रचण्डले आफू तेस्रो इनिङमा काम धेरै कुरा थोरै गर्ने दावी गरेका थिए । तर सरकार बनेको सय दिनको हनिमुन पिरियडमै प्रचण्डले आफैँलाई चक्मादिँदै वडाध्यक्षले गर्न सुहाउने अर्थहिन् उद्घाटन कार्यक्रममा रिबन काड्दै हिँडिरहेका छन् ।

पछिल्ला दुई दिनको कार्यक्रम हेर्ने हो भने प्रधानमन्त्री नेपालपर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कार्यक्रम, लायन्स क्लबडिस्ट्रिक्ट– ३२५ जे’ को महाधिवेशन उद्घाटन गर्न सम्मपुगे । यी कार्यक्रमका र्यकारी प्रधानमन्त्री पुग्नै पर्ने बाध्यता के हो ?मनत्रीमण्डलाई पूर्णता दिन लिंगरिङ गरिरहेका प्रचण्डले अर्थ मन्त्रालय समेत सम्हालीरहेकाबेला मुलुकको नयाँआर्थिक वर्षको बजेट कस्तो बनाउने भनेर विज्ञहरुसंग गम्भीर छलफल गरिरहेको हुनु पर्ने थियो । तर त्यसका लागि न त उनी आफूले समय दिन सकेका छन् न अर्थ सल्लाहकार नै नियुक्त गरेका छन् ।

बरु खुद्राखाद्री भेट, रिबन कटाई र दियो बाल्ने कार्यक्रमको सस्तो प्रचार गरेर प्रधानमन्त्रीले कद घटाइरहेका छन् ।प्रधानमनत्री मात्रै होइन उनकै पार्टीका नेता सुदन किराँती सस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रीछन् । स्टण्ड ज्यादाकाम क मगर्ने मन्त्रीमा दरिएका छन् । स्टण्ड गर्न र उद्घाटन कार्यक्रममा पुग्ने मन्त्रीमा सम्भवत दोस्रो नम्बरमा यी नै पर्यटनमन्त्री किराँती छन् । विवाह भोज देखि पिकनिक, समूदायिक बैठकदेखि उद्घाटनमा रिबन काट्न कैँची चलाउन, घण्टौँ सम्म प्रमुख अतिथि भएर मञ्चमा गजक्क बस्न उनलाई सायदै अरुले भेट्छन् । र यो स्वयम उनी आफेँ स्वीकार्छन् र कसैको आस्था, धर्म र जातीय प्रतिष्ठालाई समेत कटाक्ष गर्दै साह्र श्राद्धको बाहुन जस्तो भएँभन्दै गर्व गर्छन् ।

पर्यटन मन्त्री कहाँ सम्म भ्रममा छन् भने उद्घाटन, विवाह बटुलो र पिकनिकमा पुग्दै भइरहेको व्यस्ततालाई समेत मन्त्री भएपछिकै व्यस्ततालाई लिएर मख्खछन् । माओवादीकै उपाध्यक्ष नारापणकाजी श्रेष्ठ पनि औपचारिक कार्यक्रमलाई उत्तिसाह्रो नकार्दनन् । उद्घाटन, शिलन्यास जस्ता कार्यक्रममा पुग्दा भित्ताको शिलालेखमा आफ्नो नाम सदयौँ सम्म रहने भएपछि त्यसैको लोभमा मन्त्रीहरु हामफालेर त्यस्ता कार्यक्रमहरुमा पुग्ने गर्दछन् । त्यस्ता कार्यक्रममा पुग्दा सरकारका मन्त्रीहरुले आफूलाई भाग्यशाली ठान्नु नै देशका लागि दुर्भाग्य हो ।

त्यसमाथि अनेकन तिकडमल गाएर बल्ल तल्ल मन्त्री/प्रधानमन्त्री भएपछि आफ्नो दायित्व र जिम्मेवारी के हो ? भन्ने योजना स्पष्ट नुहुँदा अर्थहिन् कार्यक्रममा बढि मज्जालिइरहनु परेको हो । जुन राज्यका लागि नोक्सानको सीमापार हो । अन्यमन्त्रीहरु रेखाशर्मा, अमनलाल मोदी जनतासंग प्रत्यक्षजोडिएको मन्त्रालयमा नरहेकाले खास चासो देखिन्न । जनमतपार्टीबाट खानेपानी मन्त्री भएका अम्दुल खान पनि चकमन्न अवस्थामै छन् ।न याँ जनादेशसंग बैकल्पीक शक्तिहरु बलियो बनेर आएकाले अब सच्चीनु पर्छ भन्ने सत्ता घटकहरुको काम गराई खुट्टी हेर्दै चालपाइयो भने जस्तै देखिन्छ ।