Breaking

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता


काठमाडौँ – मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको सन्दर्भमा सोअघि दलहरुबीच छलफल भएको हो । छलफलमा बागबण्डाबारे सहमति जुटाउन प्रयास हुने बताइएको छ । चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन अझै सकेका छैनन् ।