समाचार

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, दुई घाइते


काठमाडौँ – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हिजो राति मोहन्याल गाउँपालिका-५ तालबन्दस्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा गौरीगंगा नगरपालिका-७ का ४५ वर्षीय चक्रबहादुर जेठाराको मृत्यु भएको हो ।

से २ त २८५० नम्बरको उक्त ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका जेठाराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए ।

जेठाराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । गौरीगंगा नगरपालिका ८ लिक्मा बस्ने ३४ वर्षीय ट्याक्टर चालक मान बहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा मोहन्याल गाउँपालिका-५ की २० वर्षीया निर्मला रोका मगर र सोही ठाउँकी ४० वर्षीया गौमती विक घाइते भएका छन् । उनीहरुको मसुरियास्थित मेडिकलमा उपचार भइरहेको छ ।