Breaking

चुनाव जित्न रविको चलखेल, मुद्दा साटदै मन्त्रीमा निरन्तरता, खस्किएको रास्वपा कमव्याकमा शंकैशंका


काठमााडौँ — एघार दलिय सत्तारुढ गठबन्धन सरकार विस्तारको सकसमा छ । शीर्ष नेतृत्व आफ्नो स्वार्थ अनुकुल मन्त्रालय हत्याउन वार्गेनिङमा छन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने यसअघिकै मन्त्रीहरुलाई निरन्तरता दिने तयारी गरेको छ । पार्टीको खस्किँदो साख फिर्ता गर्ने रास्वपाको रणनीतिका रुपमा लिइएको छ । पार्टी स्थापना भएको एक वर्ष पनि नवित्दै जनताको मन जित्दै चुनावी विरासत सहित संसदको चौथो ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर आलोचित र ओरोलो यात्रामा छ । चुनावमा नो नट अगेन नारा लगाएका रास्वपा संसदमा हाजिर नहुँदै भागवण्डाको वार्गेनिङमा देखियो ।

पुष १० गते बालकोट पुगेर उपप्रधान सहित गृहमन्त्री पाउने भएपछि अन्य तीन मन्त्रालयमा सहमति गरेर सरकारमा सहभागीता भए । फरक बाटो रोजे पनि नयाँ अनुहार भएकाले पार्टी सभापति रवि लामिछाने र रास्वपाप्रतिको आशा कम थिएन । सरकारमा सहभागी भएर केहि गर्छन भन्ने आम सर्वसाधरणको आशा थियो । तर अदालतमा मुद्धा परेपछि, अदालतको फैसलासँगै पार्टी सभापति लामिछानेले सांसद र मन्त्री पदबाट हात धुनु प¥यो । संविधानत ६ महिना गैर सांसद मन्त्री बन्न पाउने व्यवस्थामा टेकेर मन्त्री हुने रविको मन्त्री मोहले रास्वपा थप ओरालो लाग्यो ।

प्रधानमन्त्री प्रचण्डले रवि इच्छा अस्वीकार गरेपछि आफुले पद गुमाएको झोकमा सबै मन्त्रीलाई फिर्ता बोलाए । खासै गतिलो केहि गर्न नसके पनि स्टन्टवाजी गरेरै आलोचित नै बनेपनि गुमनाम नभएका रास्वपाका मन्त्रीहरु आफ्नो काम देखाउन नपाउँदै सरकारबाट बाहिरिनु प¥यो । चुनावमा कमाएको विरासत जोगाउन धौ धौ परिरहेका रास्वपा अहिले सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग विश्वासका मतमा आफ्नो मुद्धा साट्दै सरकारमा सहभागी भएपछि थप शृङखलावद्ध आलोचनाको शिकार बनेको छ । रास्वपाले आफ्नो विरासत जोगाउन सक्ला , जनताले पुन पत्याउँला पसर्वत्र प्रश्न कायम छ ।

मुलत पार्टी सभापति रवि लामिछाने कै कारण ओरोलो यात्रामा रहेको रास्वपा अहिले आफ्नो खस्किएको साख जोगाउने ध्याउन्नमा छन । पार्टी सभापति रवि लामिछाने वैशाख १० मा हुने उपनिर्वाचन मार्फत सदनमा छिर्न बास नै चितवन बनाएका छन । जनतासँग हार गुहार गरिरहेका छन । सत्ता गठबन्धनमा सहभागी रास्वपाले उप निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने तय गरेको छ ।

एघार दलिय गठबन्धनमा रहेको रास्वपा गठबन्धनको भागवण्डामा बार्गेनिङ गरिरहेका छन । आफुले पाउने मन्त्रालयहरुमा पुरानै व्यक्तिलाई मन्त्रीमा पठाउने रास्वपाको तयारी छ । पुरानै व्यक्तिहरु पठाउँदै खस्किएको साख फिर्ता गर्ने रास्वपाको रणनीतिका रुपमा बुझिएको छ ।

रास्वपाले सस्तो लोकप्रियता र जनता झुक्काउन वा साँच्चिकै जनहितमा परिणाममुखी काम गर्न पुन सत्ता यात्रालाई प्राथमिकता दिएका हुन् त्यो चासोपूर्ण बनेको छ । यस अघिको सत्ता राजनीतिमा रास्वपाको अधिकांश निर्णय अपरिपक्व, अस्थिर र आत्मघातीपूर्ण रहयो । निकट विगतबाट पाठ सिक्दै रास्वपाले संयम्तापूर्वक गति लिए गुम्दै गरेको जनताको विश्वास फर्काउन पनि सक्छन् । तर तरल संसदीय अंकगणितको खेलमा रास्वपालाई त्यो गरिमा जोगाइराख्न भने सहज छैन ।