Breaking

कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ: शेखर कोइराला


काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक दुई दिनमा कांग्रेस अहिलेको सरकारमा सहभागी हुने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आज बत्तिसपुतलीमा भएको कार्यक्रममा बोल्दै कोइरालाले सरकारमा गएर गल्ती गर्ने छुट अब कांग्रेसलाई नहुने बताए । एक दुई दिनमा नेपाली कांग्रेस सरकारमा जाँदैछ। अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन,’ उनले भने, ‘कुनै किसिमको कमीकमजोरी अब कांग्रेसबाट हुनु हुँदैन ।

यी सबै कुरालाई कांग्रेसले गम्भीर रूपले लिएको छ । उनले कांग्रेस पनि सहभागी हुने अहिलेको सरकारलाई सफल बनाउनुपर्ने पनि बताए । ‘अहिले प्रचण्डजीको नेतृत्वमा सरकार छ । १० दल छन् । ती दलहरूलाई सम्हालेर अघि बढ्ने जिम्मेवारी कांग्रेसकै हो कोइरालाले भने, कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ । यो सरकारलाई राम्ररी चलाएर अघि बढ्नुपर्छ ।