Breaking

चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा जाँदै, पश्चिमी शक्तिराष्ट्रहरू सशंकित बन्दै


काठमाडौँ — चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने भएको छ । एक वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धपछि सीको यो पहिलो मस्को भ्रमण हुन लागेको हो । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको रणनीतिक सहयोगका विषयमा छलफल गर्ने भएका छन । रुसको साझेदार बेइजिङले युक्रेनमा युद्ध अन्त्य गर्ने प्रस्ताव राखेको अबस्थामा पश्चिमा राष्ट्रले न्यानो स्वागत गरेको बेला यो भ्रमण हुन लागेको हो ।

पश्चिमी देशहरूले बेइजिङलाई मस्कोलाई हतियार आपूर्ति नगर्न चेतावनी दिएका छन् । बेइजिङको विदेश मन्त्रालयले पुटिनको निमन्त्रणामा सी मार्च २० देखि २२ सम्म रुसमा हुने जनाएको छ । सो क्रममा महत्वपूर्ण विषयमा द्विपक्षीय दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा समेत गरिएको छ । शुक्रबार ट्विटरमा पोस्ट गरिएको सन्देशमा मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले यो मित्रता र शान्तिको लागि यात्रा हुने बताएका थिए । गठबन्धन नो टकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने आधारमा चीन र रुसले अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रलाई बढावा दिइरहेका छन् ।

प्रवक्ता चुनयिङले भनिन् युक्रेनको युद्धमा चीनले उद्देश्य र निष्पक्ष अडान कायम राख्ने र शान्तिको लागि वार्ता प्रवद्र्धन गर्न रचनात्मक भूमिका खेल्ने बताइन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसअघि बेइजिङले रुसलाई हतियार र गोलाबारुद आपूर्ति गर्नेबारे विचार गरिरहेको आरोप लगाएको थियो । तर यो दाबी चीनले अस्वीकार गरेको थियो ।

अर्को हप्ताको भ्रमणमा रुस र चीनबीचको वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल गर्ने विज्ञप्तिमा भनिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गर्ने र धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर हुनेछ । चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस्तुत गर्ने प्रयास गर्दा यो भ्रमण हुन लागेको हो । मस्कोसँग बेइजिङको बढ्दो हिमचिमलाई लिएर पश्चिमी शक्तिराष्ट्रहरू सशंकीत भएका छन् ।