Breaking

देउवा निवास धुम्बाराहीमा कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


काठमाडौँ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मंगलबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेका महामन्त्री गगन थापाले बताए । उनका अनुसार बैठकमा उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुने छ ।

चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ ।