काठमाडौँ — उप–राष्ट्रपति निर्वाचनकालागि सत्ता गठबन्धनभित्रकै दुई दलले उम्मेदवारी दर्ता गराइसकेपछि गठबन्धनमा सकस निम्तिएको छ । उप–राष्ट्रपतिमा आफ्नो अडान नछोडेपछि कांग्रेस र माओवादीलाई सानादललाई रिझाउनहम्मेहम्मे परेको छ । गठबन्धनको नेतृत्व सम्हालिरहेको कांग्रेस राष्ट्रपति हातपारेसँगै सुरक्षित स्थानमा छ । राष्ट्रपति आफ्नो पक्षमापारेर आनन्दानुभूतिगरिरहेको कांग्रेस र सरकारको नेतृत्वगरिरहेको माओवादी केन्द्रलाई थपचुनौतीहरु थपिनैरहेको छ । मन्त्रीमण्डल विस्तारदेखि प्रधानमन्त्रीलाई विश्वासको मतअनिजनतासँगप्रत्यक्ष सरोकार राख्ने त्यस्ताअनगिन्ती समस्याहरु त छदैँ थिए ।
तर, त्यो भन्दा अघि तड्कारो बनेको उपराष्ट्रपति निर्वाचनले गठबन्धनभित्रका यीदुई ठूला दलको टाउको दुखाईको विषय बनेको छ । उपराष्ट्रपतिमा सानादलले देखाएको हानाथापमिलाउन ठूला दललाई हम्मेहम्मे पर्दै गएको छ । शनिबार भएको उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनभित्रकै दुई मधेश केन्द्रीतदलजनता समाजवादी पार्टी र जनमत पार्टीले उम्मेदवारी दर्ता गराएको छ । जसपाबाट रामसहायप्रसाद यादव र प्रमिलायादव र जनमत पार्टीबाट ममताझाउपराष्ट्रपतिका लागि अघि सरेका हुन् ।
शनिबार बिहान बसेको गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि दुई पार्टीले आ–आफ्नो उम्मेदवार उठाएसँगै गठबन्धनभित्र सकस उत्पन्नभएको हो । उम्मेदवारका प्रस्तावक र समर्थक हेर्दा जसपाकादुवै उम्मेदवारलाई जसपा,कांग्रेस,माओवादीर एकीकृत समाजवादीको साथ छ भने, ममताझालाई जनमत, लोसपा र नागरिक उन्मुक्तिले साथदिएको छ । सत्ता गठबन्धनले उपराष्ट्रपतिका लागि साझाउम्मेदवार तय गर्ने भनेपनि सहमति जुट्न नसक्दा देउवा–प्रचण्डलाई तनावथपिएको छ ।
आफैले बनाएको संविधानमा नै प्रष्ट हुननसकि एउटै दलको दुई उम्मेदवार दिनु र १० दलजम्माभएर पनि राष्ट्रपतिमा सर्वसहमतबनाउन सफलभएका देउवा–प्रचण्डको उपेक्षामाउपराष्ट्रपति पर्दा गठबन्धनभित्रै दुई मधेश केन्द्रीतदल भिड्ने अवस्थामापुगेको छ । राष्ट्रपति निर्वाचनकै दिनउपराष्ट्रपति जसपालाई दिने सहमतिभएको हुँदाकांग्रेस माओवादीले भने जसपालाई नै समर्थन गरेको छ । तर, लोसपा र उन्मुक्तिको साथपाएको जनमत संविधानको धारा ३८ (४) को मर्मअनुसार महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको हो । सत्ता गठबन्धनकै पार्टीले समर्थन र प्रस्ताव गरेको हुँदा गठबन्धनको आधिकारिक उम्मेदवार जनमतकै रहेको पार्टीको बुझाई छ ।
जसपाको सांसदलाई उपराष्ट्रपतिमा निर्वाचित गराएर उपनिर्वाचनबाट आफ्नो संसदीययात्रा तय गर्ने योजनामा रहेकाउपेन्द्र यादव योजनाविपरीत गए गठबन्धनमा नै बसिरहने सम्भावनान्यून छ । त्यसैले जसपाको उम्मेदवारलाई नै गठबन्धनको आधिकारिक उम्मेदवार चयन गरेको प्रस्तावक र समर्थकले पुष्टि गरेको छ । तर, गठबन्धनले जनमतलाई चिढाउँदा मधेशमाउदाउँदै गरेको जनमतले पनिआफ्नो उम्मेदवारी दर्ता फिर्ता नगर्ने संकेत गरिसकेको छ । जसले गर्दा पनि देउवा प्रचण्डलाई टाउको दुखाईको विषय बनेको छ ।
जनमतले यस्तो भन्दै गर्दा उम्मेदवारी फिर्ता लिने समयसीमाआइतबारसम्मको मात्रै छ । यद्यपि, त्यसपछि उम्मेदवारी फिर्ता नभएपनिनिष्क्रियपार्दैमौन अवधिसम्मपनि गठबन्धनका साझाउम्मेदवारलाई नै जिताउने कसरत भने हुने नै छ । यदिउम्मेदवारी फिर्ता लिनबाध्यपारे वानिर्वाचनको दिनसम्मपनि सहमति नजुटे दलहरुबीचअन्यकुनै मालदार मन्त्रालयमा मन मिलाउनु पर्ने छ या त मतभेदमाचित्तबुझाउनु पर्ने छ ।
प्रतिक्रिया