Breaking

मुद्दाले तनावमा प्रचण्ड,विप्लव–बाबुराम किन तर्सिए,एक भएर लड्ने माओवादीको अठोट


काठमााडौँ — माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डमाथि सर्वोच्चमा रिट परेसँगै विभिन्न समयमा टुक्रा–टुक्रा बनेका पूर्व माओवादी घटक एकहुने र एकता गर्ने सम्मका छलफलमा छन । सँधै सत्तामै रहेर पनि समस्या समधानगर्न नसकेका माओवादी नेताहरुको एकता सम्भव छ । पटक–पटक नेतृत्वमा पुगेर पनि वेवास्ता गरिएको द्वन्द्वकालिन घटनाको व्यवस्थापनमा उनीहरुको एकजुटताले अर्थ राख्दछ ? दशवर्ष सशस्त्र युद्ध हुँदै विस्तृत शान्ति सम्झौतापछि संसदीय राजनीतिमाप्रवेश गरेको माओवादी सत्तायात्रासँगै विभाजनको शिकार हुनुप¥यो । शान्तिप्रक्रियाको चरणमै मतभेद राख्दै आएका उपाध्यक्ष मोहन वैद्य,नेतासीपी गजुरेल लगायतका प्रभावशाली नेताहरु माओवादीबाट टुक्रिएर गए ।

नेत्रविक्रमचन्द, बाबुराम भट्टराईको बर्हिगमन,नेकपा विभाजनपछि रामबहादुर थापा‘बादल’लेपनिएमाले रोजे । वैद्यबाट सुरु भएको माओवादीको विभाजनअहिले दसौ टुक्रामा छ । एमाले रोजेका बादलबाहेक अध्यक्ष प्रचण्ड छोडेका सबैले कुनै दोकान सरह राजनीतिकदलखोलेका छन । तर यी सबैको दोकानचल्नभने पटक्कै सकेको छैन । शान्ति प्रक्रियापछिको चुनावमापहिलो दलबनेको माओवादी केन्द्रनिरन्तर खुम्चिएर तेस्रो शक्तिमाझरेको छ भने टुक्रिएर बनेका सानादलअझै संघर्षरत नै छन । पार्टीहरु अलपत्रको अवस्थामा छन ।अहिले यीसबै पूर्व माओवादी घटकहरु एक ठाउँमा उभिएकाछन ।

आ–आफ्नो स्वार्थ पूर्तिका लागितितर–वितर बनेको पूर्व माओवादीहरु प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल‘प्रचण्ड’माथि सर्वोच्चमा रिट परेपछि एक भएका छन । द्वन्द्वकालिन घाउ बल्झिएपछि उनीहरु एक ठाउँमा छन । सशस्त्र द्वन्द्व कालमा मारिएकाहरुको हकमा प्रचण्डले सार्वजनिक रुपमा नै जिम्मेवारी लिएकाले उनीमाथि छानबिन र द्वन्द्वका कारण विस्थापित, घाइते र सम्पत्तिहरण भएकाहरुले संलग्नमाथि कारवाही र आफूलाई भरणपोषणको व्यवस्थाहुनुपर्ने मागसहित दुइवटा रिट परेपछि निरन्तर छलफलमा जुटेको पूर्व माओवादी घटक शुक्रवार बिहान प्रचण्ड निवास बालुवाटारमैछलफल गरे ।

द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्ने उनीहरुको जोड छ । परिवर्तनकालागिभएको द्वन्द्वकालिनविषयलाई राजनीतिकरण गर्ने षड्यन्त्रभएको उनीहरुको तर्क छ । पूर्व माओवादी घटकहरु भेटघाट र छलफलमा सक्रियबनिरहँदा के उनीहरु फेरी प्रचण्ड कित्तामाफर्किन खोजेका हुन् । उनीहरुको चासो संक्रमणकालिन न्यायको समाधानवा राष्ट्रिय राजनीतिमा निर्णायक बनेका प्रचण्डको पल्लुमा वेरिएर सत्तामोह ।

सत्तामा रहेका प्रचण्डलाई साँच्चिकै साथदिन वा सहानुभूति र कुनै स्वार्थपूर्तिका लागिअहिले भन्न सकिन्न तर लथालिङ्ग अवस्थामा रहेका पूर्व माओवादी घटक अहिले प्रचण्ड केन्द्रित बनेका छन । राष्ट्रिय तथाअन्तर्राष्ट्रिय चासो बढ्दो छ । अहिले प्रचण्ड आफै सरकारको नेतृत्वमा छन् । यो समस्यासमधानगर्न माओवादी घटकको एकताभन्दा सरकारको इच्छाशक्ति टड्कारो छ । द्वन्द्वकालिन मुद्दा अब नटुङग्याए यो विषयथपधरापतर्फ धकेलिनेछ ।