Breaking

कसरी बने रामचन्द्र राष्ट्रपति,कालो चियादेखि हरुवा बाहुन को उपमा,राजसंस्थादेखि गणतन्त्रसम्मको यात्रा


काठमाडौँ — बिहीबार सम्पन्न राष्ट्रपति चुनावमाकांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयीभएका छन् । राजा र पञ्चायतीव्यवस्थाविरुद्ध सडकमा उत्रिएर लामो संसदीययात्रा तय गरेका पौडेलले राजनीतिमाआँसुदेखि हाँसोसम्म सबै भावनाको अनुभवगर्न पाए । नेपालीकांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देशकाप्रमुख नेताहरूमध्ये सम्भवतः सबैभन्दालामो राजनीतिकइतिहास भएका राजनीतिज्ञहुन् । राजा महेन्द्रले २०१७ सालमा ‘कू’ गरेपछि वामपन्थीविद्यार्थी राजनीतिको झुकाव छाडेर कांग्रेससँग जोडिएका पौडेल ३० वर्षे लामो पञ्चायतीव्यवस्थाकाविरुद्धअविचलित रूपमा संघर्ष गरेका नेताहुन् ।

वि.सं. २००१ सालको असोजमातनहुँको रिस्तीगाविसस्थितबाहुनपोखरामाजन्मेका पौडेल ०२३ सालमा सरस्वतीक्याम्पसकास्वतन्त्रविद्यार्थीयुनियन सभापतिमानिर्वाचितभएकाथिए। ०२४ माप्रजातान्त्रिक समाजवादीयुवालिगको महासचिवको चुनावजितेका उनी २०२७ सालमा गठित नेपालविद्यार्थी संघको पहिलो केन्द्रीय समितिमा केन्द्रीय सदस्य बने । ०४० सालमा पार्टी केन्द्रीयप्रचार समितिको संयोजक बनेर काम गरेकापौडेलले केन्द्रीय सदस्यभने बन्न ०४४ सम्मकुर्नुप¥यो । केन्द्रीय सदस्य बनेको ४ वर्षपछि मात्रै उनको संसदीययात्रा ०४८ बाट सुरु भयो ।

संसदीय राजनीतिको पहिलो कदममा नै स्थानीयविकास तथा कृषिमन्त्री बनेका उनले ०५१ सालको मध्यावधि चुनावपछि भने ५ वर्ष सभामुखको भूमिकानिर्वाह गरे । ०५६ को निर्वाचनपछिउपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीकोजिम्मेवारी सम्हाल्दा०६२ सालमाकांग्रेस महामन्त्रीभए ।माओवादी संलग्न ०६३ को सरकारमाशान्तितथापुनर्निर्माण मन्त्री बनेका उनी०६४ मा पार्टी उपसभापतिभए । ०६५ मा संसदीयदलको नेतामानिर्वाचितहुन सफलउनी ०६६ माप्रधानमन्त्रीकालागिभएको निर्वाचनमा संवैधानिकव्यवस्थाका कारण १७ पटक पराजितहुनपुगे ।

२०७४ सालबाहेक तनहुँबाट ६ पटक सांसदमानिर्वाचितभएर सभाध्यक्षकाअलावाउनले आधादर्जन मन्त्रालयसहितपटक–पटक उपप्रधानमन्त्री सम्हालिसकेका छन् । मर्नुभन्दापहिले आफ्नो क्षेत्रबाट चुनावजित्ने उनको चाहनाअन्ततःगतमंसिर ४ को निर्वाचनले पुरा गरिदियो । जसकाबाबजुदआफ्नो प्रतिष्पर्धी सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै उनी गणतन्त्रको चौथो कार्यकालकालागि तेस्रो राष्ट्रपतिमा निर्वाचितहुन सफलभएका छन् । पार्टीको १३ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजितभएकापौडेलले १४ औं महाधिवेशनअघि पनि सभापतिमा उठ्न नपाएपछि बोहोराटारमा तुरुक्कआँसु चुहाएकाथिए ।

पार्टीभित्र सँधै देउवाको विरोधी खेमामाउभिने पौडेल त्यसै महाधिवेशनबाट वचनबद्ध भएर संसदीयदलमा देउवाको प्रस्तावक बने । देउवासँगचिसिएको सम्बन्धबलिन्द्र धारा आँसुबगाएरै सुमधर बनाएकाउनले प्रधानमन्त्री प्रचण्डलाई पनिखुशीपार्न सफलभए । त्रिभुवनविश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमाशास्त्रीउतीर्ण गरेका उनी राष्ट्रपति बन्ने निश्चितभएसँगै दौरा सुरुवाल र कोट सिलाउनव्यस्तथिए । यसअघिका राष्ट्रपतिहरुले गरेका कार्यले उक्त संस्थामाथि नै प्रश्न उठिरहँदाउनीभने सारा जनताले राष्ट्राध्यक्ष भएको अनुभूति गराउने अभिव्यक्तिदिन्छन् ।

पार्टी सभापति, आमनिर्वाचन र प्रधानमन्त्रीको चुनावमा पटक–पटक असफलताको स्वादचाखेका पौडेल अन्तत राष्ट्रपति हुन सफलभएका छन् । कांग्रेसभित्रबाट कालो चियाभन्दामाथि उठ्न नसकेको आरोप लागिरहँदाउनको धैर्यताले सार्थकतापाएको छ । राजनीतिकजीवनमा २०१८ देखि २०६२ सम्मको अवधिमा पटक–पटक गरी १४ वर्ष जेलमाबन्दीजीवनबिताएकाउनले मुलुकको सर्वोच्च पदबाट विश्रामलिने निश्चित बनेको छ ।