Breaking

खुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौँ – सर्वाेच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न भन्दै खुम्बु पासाङल्हमु गाउँपालिकाले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा खुम्बुका होटल तथा पर्यटन व्यवसायीहरुले प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहले विधि र प्रक्रिया व्यवस्थापनमा जोड दिनु पर्ने आवश्यकता औँल्याएका छन् ।

उनीहरुले पर्यटकहरुको आगमन तथा घुमफीरलाई सुरक्षित र अविस्मरणीय बनाउन जनप्रतिनिधिहरु काममा बढि केन्द्रित हुनु पर्नेमा जोड दिएका हुन् । यस्तै पर्यटकीय क्षेत्रमा हेलीकोप्टर दुरुपयोग रोक्न र ट्रेकिङ रुट व्यवस्थापनमा आधुनिक सुचना प्रविधिमैत्री बनाउन व्यवसायीहरुले सुझाव दिएका हुन् ।

अन्त्ररक्रियाका क्रममा प्रतिनिधिसभा सदस्य मानबीर राईले खुम्बुको पर्यटन प्रवद्र्धनका लागि नितिगत सुधार तथा बजेटको व्यवस्थापन गर्न केन्द्र सरकार तथा सम्वन्धी विभागहरुमा आफूले सक्रियता देखाउने बताउनुभयो ।

त्यस क्रममा खुम्बुपासाङल्हमु गाएँपालिकाले ट्रेक कार्ड प्रयोगमा ल्याएको जानकारी गराउँदै अब खुम्बु प्रवेश गर्ने पर्यटकहरुको लगत संकलन अनलाइन सिस्टमबाट हुने जानकारी गराइएको छ । यस गाउँपालिकाले हालसम्म ४५ करोड भन्दा बढि राजस्व पर्यटक शुल्कमार्फत संकलन गरेको छ ।

सगरमाथाले संसारकै ध्यान खिच्छ । किनभने, दुनियाँमा यसको प्रतिस्पर्धी अर्को शिखर छैन । तर, विश्वको यो सर्वोच्च शिखर अवस्थित रहेको ‘खुम्बु क्षेत्र’ को वैभव सगरमाथामै मात्र सीमित छैन । विश्वको चौथो अग्लो शिखर ल्होत्से (८,५१६ मिटर) र छैटौं अग्लो चोयू (८,१८८ मिटर) पनि सगरमाथा रहेको खुम्बु क्षेत्रको महालंगुर हिमशृंखलामै छन् ।

यसबाहेक खुम्बु क्षेत्रमा रामसार साइटमा सूचीकृत गोक्यो लगायतका ताल, हिउँचितुवा र हाब्रे लगायतका दुर्लभ हिमाली जनावर पाइन्छन् । लार्केला पास (५,१३५ मिटर), रेन्जोला पास (५,३४५ मिटर), चोला पास (५,४२० मिटर), कोङ्ग्माला पास (५,५३५ मिटर) जस्ता संसारकै आकर्षक पदमार्ग पनि यही खुम्बु क्षेत्रमै छन् ।

१६ जेठ २०१० मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखरमा पाइला राखेपछि नै सगरमाथाको प्रसिद्धि संसारभर फैलिन थालेको हो । आलु, फापर मात्र फल्ने र त्यसबाटै जीविकोपार्जन हुने खुम्बु क्षेत्रमा त्यसपछि नै जीविकोपार्जनको स्रोत बन्न थाल्यो, पर्यटन ।

तेन्जिङ र हिलारी सहितको आरोहण दलमा रहेका एक मात्र जीवित सदस्य, कान्छा शेर्पालाई यो परिवर्तन अहिले पनि सपना झैं लाग्छ । के सगरमाथा आरोहण खुला भएसँगै शुरू भएको पर्यटनबाट देशले मनग्गे लाभ हासिल गर्‍यो त ? देशले लाभ पाए/नपाएको कुरा एकछिनलाई थाती राख्ने हो भने पनि खुम्बु क्षेत्रले चाहिं कति लाभ पाउन सक्यो त ? हामीले प्राप्त गरेका तथ्यहरूले भन्छन्– संसारभर अर्को प्रतिस्पर्धी नरहेको सगरमाथा र खुम्बु क्षेत्रको अपार सम्भावनाको लाभबाट यही खुम्बु क्षेत्र नै बञ्चित छ ।

सगरमाथाको मात्र के कुरा, संसारकै उच्चस्थानको सगरमाथा राष्ट्रिय निकुञ्जदेखि तिलिचो तालसम्म, संसारकै गहिरो कालीगण्डकी गल्छीदेखि आठहजार मिटर भन्दा अग्ला विश्वका १४ मध्ये नेपालमा रहेका आठ वटा हिमाल दुनियाँमा अर्को ठाउँमा छैनन् ।

१ हजार ५३९ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने खुम्बु क्षेत्रमा समुद्र सतहबाट १९०० मिटर अग्लो भूभागदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) समेत छ । २०६८ सालको जनगणना अनुसार खुम्बु क्षेत्रको जनसंख्या ८ हजार ९८९ छ । अनौठो चाहिं के भने यसको ठूलो हिस्सा अहिले पनि संसारको ध्यान खिचेको खुम्बु क्षेत्रमा केन्द्रित पर्यटनको लाभबाट बञ्चित छ ।

सगरमाथाको मात्र के कुरा, संसारकै उच्चस्थानको सगरमाथा राष्ट्रिय निकुञ्जदेखि तिलिचो तालसम्म, संसारकै गहिरो कालीगण्डकी गल्छीदेखि आठहजार मिटर भन्दा अग्ला विश्वका १४ मध्ये नेपालमा रहेका आठ वटा हिमाल दुनियाँमा अर्को ठाउँमा छैनन् ।

१ हजार ५३९ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने खुम्बु क्षेत्रमा समुद्र सतहबाट १९०० मिटर अग्लो भूभागदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ . ८६ मिटर) समेत छ । २०६८ सालको जनगणना अनुसार खुम्बु क्षेत्रको जनसंख्या ८ हजार ९८९ छ । अनौठो चाहिं के भने यसको ठूलो हिस्सा अहिले पनि संसारको ध्यान खिचेको खुम्बु क्षेत्रमा केन्द्रित पर्यटनको लाभबाट बञ्चित छ ।
कुनै बेला खुम्बु क्षेत्रको पदयात्रा दोलखाको जिरीबाट शुरू हुन्थ्यो । जिरीसम्म गाडीमा जाने र त्यहाँबाट भण्डार, सेटे, जुनबेंसी, नुनथला, बुक्सा, सुर्के हुँदै लुक्ला पुगिन्थ्यो । पछिल्लो समय यसको संख्या घट्दै गएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरि शेर्पाका अनुसार ५ वर्षभित्र गाउँपालिकाको केन्द्र चौंरीखर्क सडक सञ्जालसँग जोडिनेछ । र, लुक्ला सडक सञ्जालसँग जोडिएसँगै स्वदेशी पर्यटकले हवाईभाडा वापत तिर्ने रकम झ्र्नेछ । त्यसपछि लुक्लामा पदयात्री–पर्यटकको संख्या ह्वात्तै बढ्ने बताउनु हुन्छ ।