Breaking

अभिनेता पल शाहलाई कारागारभित्रै जन्मदिन मनाउन अनुमति


काठमाडौँ — अभिनेता पल शाहको जन्मदिनमा तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ ।

पलले एउटा केक अर्डर गरेको र प्रशासनले जन्मदिन मनाउन अनुमति दिएको निमित्त कारागार प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘उहाँले आफन्त र साथीभाइको उपस्थितिमा जन्मदिन मनाउन एउटा केक अर्डर गर्नुभएको थियो । हामीले अनुमति दिएका छौं,’ उनले भने । पललाई जन्मदिनको शुभकामना दिन अभिनेत्री पूजा शर्मा, निर्देशक शोभित बस्नेत र संगीतकार योगेशकाजी पनि कारागारमै पुगेका छन् ।