Breaking

बैँक तथा वित्तीय संस्थाहरुको मनोमानी र चर्काे ब्याजविरुद्ध सुकुटे क्षेत्रका पर्यटन व्यवसायी आन्दोलनमा


काठमााडौँ — सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटे क्षेत्रका पर्यटन व्यवसायीहरुले बैँक तथा वित्तिय संस्थाहरुको मनोमानी र चर्काे ब्याजका विरुद्ध विरोध जनाएका छन् । राज्यले नीतिगत हस्तक्षेप गर्न ढिलो भइसकेको भन्दै व्ययसायीहरुले बैँकको ज्यादती धेरै सहेर बस्न नसक्ने बताएका छन् । बैंकहरुले ज्यादती गरेको भन्दै काठमाडौँ लगायत देशभरका व्यवासइहिरुले आन्दोलन चलाइरहेका छन् । सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले पनि आन्दोलन सुरु गरेका छन् ।

सिन्धुपाल्चोकका उद्योगी व्यवसायीहरु मिलेर बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै आन्दोलनस्वरुप बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीबिरुद्ध अन्तरक्रिया गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए ।

उनले बैंकहरु नसच्चिए व्यवसायीहरु द्वन्द्वात्मक ढंगले प्रश्तुत हुन बाध्य हुनुपर्ने चेतावनी दिए । पर्यटकीय नगरी सुकुटे क्षेत्र र्याफ्टीङ र एक राते बसाईका लागि प्रयाख्यत छ । पछिल्लो दिनहरुमा आर्थिक संकट चुलिँदै जाँदा व्यवसाय धरापमा परेको भन्दै यस्तो बेला बैँकहरुले समेत चर्काे व्याजको भारी थोपरेको व्यवसायीहरुको भनाई छ ।

सुकुटे क्षेत्रमा आधा दर्जन भन्दा रिजोर्टहरु संचालनमा छन् । तर आर्थिक अवस्था कमजोर बन्दै गएपछि मानिसहरु नमोरञ्जनात्मक क्षेत्रमा समेत कम खर्च गर्न विवश भइरहेका छन् । यस्तो अवस्थामा व्यवासइ धरासायी भइरहेको तर बैँकहरुले भने व्याजदर बढाएर अक्ष्यम्य अपराध गरेको व्यवसायीहरुको भनाई छ । अध्यक्ष श्रेष्ठले बैंक बित्तीय संस्था र राष्ट्र बैंकले बैँकको ज्यादतीबारे हेक्का नराखे देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने निश्चित रहेको बताए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका महासचिव शम्भु तिमल्सिनाले बैंकहरुले आफूलाई अफ्ठ्यारो पर्दा व्यवहार मिलाउने गरेको आरोप लगाए । अन्तरत्रmियामा सहभागी हुँदै उनले बैंकहरुले पहिला ऋणीहरुबाट लिएको बढी ब्याज अहिले धमाधम फिर्ता गरिरहेको बताए । । उहाँले राष्ट्र बैंकले बैंकहरुमाथि नथी लगाएमा बैंकहरु सीमाअनुसार चल्न बाध्य हुने बताएका छन् । उनले ऋणीहरुलाई सम्झौताभन्दा बेगरको ब्याजदर असुलेर लिनेकुरा सह्य नहुने भन्द्रै राष्ट्र बैंकको नीतिअनुसार ऋणको ब्याजदर लिनुपर्ने धारणा व्यक्त गरे ।

बैँक तथा वित्तिय सस्थाहरुले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरि ऋणिहरुको सुलभतामा केही सम्झौता गर्नु पर्ने आवाज अहिले देशैभर उठेको छ । विशेषगरी साना तथा मझौला उद्योगी व्यवसायीहरुले आर्थिक संकटको चर्काे नोक्सानी वेहोरिरहेका छन् । पर्यटन मात्रे नभइ हरेक क्षेत्रमा क्रियाशिल व्यवसायीहरुले महंगी र चर्काे ब्याजको भार बारेमा सरकारलाई ध्यानाकर्षण गराइरहेका छन् ।