Breaking

यस्तो छ, लोसार मनाउने परम्परागत विधि


काठमाडौँ — नेपाल बहुल धार्मिक, बहुल सांस्कृतिक विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको देश हो । यहाँ सबै समुदायको आ–आफ्नै धार्मिक र सांस्कृतिक महत्त्व बोकेको मौलिक चाडपर्वहरू रहेका छन् । जसमध्ये लोसार पनि एक हो । आज हामी महायनी बौद्ध धर्मावलम्बिहरुको नयाँ वर्ष तथा महान चाड क्ष्यू मो ह्ये लो २१५० औं ग्याल्पो लोसारको चर्चा गर्ने छौँ ।

लोसार मनाउने परम्परागत विधि, पूर्वतयारी, कार्यन्वयन र समापन गरी तीन चरणमा विभाजन गरिएको पाइन्छ । लोसार शुरु हुनुभन्द डेढ महिना अगाडि नै, शुभ साईत हेरी लोसारको सगुनको लागि चाहिने पेय पदार्थ तयार गर्ने परम्परा छ । साथै, १५ दिन अगाडि नै गमला वा गमला जस्तै भाडोमा नयाँ पालुवाको लागि उवा, गहुँ, जौ आदि बिउ राखेर च्याङमा जमरा उमारिन्छ । यसका साथै गाँउघर, बाटोघाटो, टोलचौतार आदीको सरसफाइ, रङरोगन र लिपपोत गरिन्छ । परिवारका सदस्यहरुका लागि नयाँ लुगा खरिद गरिन्छ । साथै, एक विशेष प्रकारको खप्से (रोटि) बनाइन्छ, र घरबाट टाढा रहेका अन्य परिवारका सदस्यहरुको घर आगमन शुरु हुन्छ ।
गुथुक खाने परम्परा
लोसार शुरु हुनु दुई दिनअघि, अर्थात १२औँ महिनाको औँसीको अघिल्लो दिन यस वर्षको फाल्गुन ७ गते वा ङिश्यु गु कृष्णपक्षको चर्तुदसी का दिन आफ्नो घरभित्र र घर वरिपरि सरसफाइ गरि निस्किएको फोहोर पुराना लुगा कपडा केहि सिक्का नुन खुर्सानी नाङलोमा राखि तीन वटा बाटोको संगम भएको स्थानमा लागि फाल्दा दशाग्रह जाने र घरमा शुभ –लक्षण भित्रने विश्वास गरिन्छ । साथै त्यसदिन गुम्बाहरुमा लामाद्धारा पूजा पाठ गर्ने चलन छ । त्यस दिनको साँझमा एक विशेष प्रकारको परिकार गुथक खाने चलन छ । गुथुकको शाव्दिक अर्थ गु नौ थुक मिश्रण अर्थात नौ प्रकारको विभिन्न खाद्यवस्तु मिश्रण गरि बनाइएको एक प्रकारको खाने चलन छ । यो परिकारमा नौ प्रकारको खाद्यवस्तु विभिन्न आकृतिमा र विभिन्न प्रतिकका रुपमा बनाइएको छ । जसलाई नयाँ वर्षको भाग्य परिक्षणका रुपमा लिईन्छ । जसको भागमा जुन प्रतिक पर्छ सोहीअनुसार फल मिल्छ भन्ने मान्यता छ ।

जस्तै सूर्यको प्रतिमा तेज प्रताव बढ्ने, चन्द्रमाको प्रतिकमा प्रसिद्ध बढ्ने,तोर्माको प्रतिकमा इमान्दार बन्ने, धर्मशास्त्रको ठेलीको प्रतिकमा विवेकशिल बन्ने, चारपाटे आशनको प्रतिकमा आन्नदित हुने प्रतिकमा सम्पन्न बन्ने, ताराको प्रतिकमा छुच्चो हुने, खुर्सानीको प्रतिकमा चलाख हुने, कोइलाको प्रतिकमा मन कालो हुने, डमरुको प्रतिकमा मन चञ्चल हुने जस्ता कुरा गर्दै मनोरञ्जन पूर्वक पुरानो वर्षलाई बिदा गर्ने चलन छ ।

गुथुकको भोलिपल्ट अर्थात औसीँको दिन यस वर्षको फागुन ८ गते पूजा कोठामा पहिला तयार पारिएकमो छ्याङ जाँड याङछाङ, छिमार, जमरा, खप्से, विस्कुट, मिठाई, नुन,दुध र घिउ मिसाएर विभिन्न आकारमा बनाएको एक प्रकारको रोटी हो । छिमार भन्नाले सातुमा नौनी घिउ, मह, चिनी, दुध मिसाएर बनाइएको प्रसाद हो ।

लोसारको पहिलो दिन यस वर्ष फागुन ९ गते
लोसारको पहिलो दिन यस वर्ष फागुन ९ गते सबेरै उठेर नुहाइ धुवाई गरि नयाँ लुगा लगाएर कुवा धारामा गई नागको पूजा गरी धारामा घिउको टिका लगाई खप्से, खाँदा, फलफुल धुपवती चढाई ढोगेर नाग देवतालाई खुसि पारी पानी मागेर ल्याई घरको पुजा कोठामा अर्थात् छोसुम त्रिरत्नलाई पुजा गर्न बनाइएको स्थान मा भगवान बुद्ध वा कुल देवताहरुलाई खुसि बनाई शुद्ध पानी खप्से लगायत चढाएर टाशि मोलम अर्थात् मंगलावाचन गर्दै नयाँ वर्ष लोसार शान्तिमय वातावरणमा वितोस भनी पुजा आरधाना गर्दछन् ।

पूजापाठ सकिएपछि लोसारमा बनााइएको परिकार चिया,खप्से, छ्याङगुल, छिमार डेसिल खाँदै लोसारको शुभकामना आदान प्रदान गर्छन् । विशेष गरेर यस दिन आ–आफ्ना गुरुहरुका गएर आशिर्वाद ग्रहण गर्दै आफ्नो घर परिवारभित्र रमाइलो गरि बिताइन्छ ।

लोसारको दोस्रो दिन यस वर्षको फागुन १ गते

लोसारको दोस्रो दिन यस वर्षको १० गते बाट आ–आफ्ना आमाबुवा, मान्यजन, दाजु, भाई दिदि बहिनी, ईष्टमित्र, छरछिमेकसँग रमाइलो वातावरणमा लोसार मनाउने भोज भतेरमा सहभागी हुने क्रमको सुरुवात हुन्छ यस्तै प्रकारको क्रम लोसारको दिनदेखि १५ दिनसम्म चली रहन्छ लोसारको तेस्रो दिन छेवा सुम यसवर्ष फागुनको ११ गते गाउँ वस्तीमा सबैजना जम्मा भएर नजिकैको गुम्बा अथवा पवित्र स्थानहरुमा गई यसवर्षको वाली नाली राम्रो होस् झै झगडा नहोस् प्राकृतिक विपत्ती नआओस भनेर प्राथना गर्ने चलन छ ।

खासगरी, काठमाडौँ उपत्यकामा बसोबास गर्ने शेर्पाहरु शेर्पा केन्द्रमा भेला भई पुजामा सहभागी हुन्छन् यसका लागि करिव २—३ महिना अगाडी देखि एक समुह बनाई ल्हप्सो पुजाको तयारी गरिन्छ । यस्तो समुह टिम ल्हप्सो पुजा सकेकै दिन अर्को सालको लागि गठन गरिन्छ । जसलाई ल्हप्सो आयोजक समिति भनिन्छ ।

जुन समितिले निमन्त्रणा कार्ड छापी शेर्पाहरुको घरघरमा लोसारको शुभकामना अर्थात् निमन्त्रणा वितरण गर्दै आ–आफ्नो गच्छे अनुसार ल्हप्सो पुजा सम्पन्न गर्नका निमित्त आर्थिक सहयोग संकलन गर्छन् । यसरी संकलन रकम ल्हप्सो पुजामा आउने सबैको लागि चिया, डेसिल ,खप्से, पिय पदार्थ आदीको व्यवस्था गरिन्छ, ल्हप्सो पुजामा आउने सबै शेर्पाहरु प्रायजसो आफ्नै मौलिक पोशाकमा सजिएर आउने गर्दछन् । साथै शुभकामना आदानप्रदान तथा एकअर्कामा खुसी साटासाट गरी भब्यरुपमा मनाउने गरिन्छ ।