Breaking

गठबन्धन फुट्ने ओलीको शंका,किन हौसिदै छ कांग्रेस ? के होला प्रचण्डको चाल ?


काठमाडौँ — फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ताघटक दलहरुमा अविश्वास बढ्दै गएको छ । जसको निकासका लागि साझा विकल्पको खोजि पनि अघि बढाँउदा निर्वाचनमा मतदान गर्ने विषयले सत्ताघटक पार्टी राप्रपामा फुटसम्मको स्थिती पैदा भएको छ । जसले हाईज्याक भएको गठबन्धन फर्काउने कांग्रेसको सपनामा भने आट भरिदिएको हो । राष्ट्रपतिलाई केन्द्रविन्दु बनाएर अघि बढेको नेपाली राजनितिमा विकसित घटनाक्रमले नयाँ समिकरणको सम्भावना वलियो बन्न थालेको छ । सत्ताघटक दलहरुमा माओवादीको राष्ट्रिय सहमतीले उब्जाएको आशंका र शिर्ष नेतृत्वको घेराबन्दीमा पार्ने रणनितिले स्वयम घटक दलकै नेताहरु समीकरण धरापमा परेको स्वीकार्न थालेका छन ।

अहिलेको अस्थिर अंकगणित भएको संसदमा राष्ट्रपति एमालेको हातमा पुगे सर्वस्व गुम्ने बुझाईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन । जसलाई कांग्रेसको विश्वासको मतको आडमा फायर खोल्ने उनको यसअघि कै रणनिति थियो । तर राष्ट्रिय स्वतन्त्र पार्टीको एमाले ढल्काईले सानो आवाज पार्न बाध्य उनका लागि रवि लामिछानेको नागरिकता प्रकरण र विकसित घटना क्रमले नयाँ अवसर जुराईदिएको हो । त्यो सहमति भनेको माओवादी कै हो या त कांग्रेस भिर्याउने प्रष्ट नपारेको माओवादीका कारण कांग्रेस हौसिएको छ भने एमाले यसैमा षडयन्त्र देख्न थालेको छ ।

प्रचण्ड भने भरसक वर्तमान गठबन्धनमा वन्दा ताका एमालेलाई राष्ट्रपति दिने वचन पनि तोडिएको नदेखियोस तर कांग्रेस भन्दा माओवादी नै ठिक छ भन्ने लाईनमा ओली आउन् भन्ने रणनितिमा छन् । यता राष्ट्रपतिमा आशा गरेको कांग्रेस आफैले पनि अर्को आकंक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सहमतिको निम्ति कुनै पहल गरेको छैन । जसले कांग्रेस माओवादीलाई एमालेबाट अलग गर्न चाहेको प्रष्ट हुन्छ । जुन कुरा रामचन्द्र पौडेल लगायतका कांग्रेस नेताहरूले सार्वजनिक रूपमा भनिरहँदा आफूलाई राष्ट्रपतिमा माओवादीले साथ दिएमा गठबन्धन फुट्ने विश्वासमा कांग्रेस छ ।

जसको अर्थ गठबन्धन फुट्ने अवस्था आए राष्ट्रिय सहमतीका नाममा माओवादीकै उम्मेद्वार बन्ने वातावरण बनाउने र कांग्रेसले सहयोग गर्ने सम्भावना पनि प्रवल । यहि परिस्थितीले शंशकित ओलीले यो स्थिति फेरिन सक्ने संकेत गरेका छन् । अहिलेको राजनीति स्थिति फेर्न देशभित्र र बाहिरका अनेक शक्ति क्रियाशील रहेको उनले बताएका थिए । यदि त्यसो भए अस्थिर अवस्था सिर्जना हुने बताएका उनले अस्थिरताको कारक नहुने बताए थिए । जसको अर्थ कांग्रेस नै समेटिए पनि आफू गठबन्धन छोड्न वा प्रतिपक्षी नहुने उनको संकेत देखिन्छ ।

यद्यपी विगतको भाचिने तर नझुक्ने प्रवृत्तीका कारण ओली गठबन्धन जोगाउन लचक होलान् भन्ने कल्पना गर्न भने सकिँदैन । भरसक मध्यमार्गी बाटो अपनाउने तथा गठबन्धन जोगाउन प्रयास गर्ने रणनितिमा रहेका उनी प्रचण्डमा अस्थिरताको ट्याग लगाएर कांग्रेलाई नै नवोक्लान भन्न सकिन्न । जसले पनि अवको पालो आफ्नैमा आइपुग्नेमा कांग्रेस विश्वस्त छ । अर्कातर्फ जनयुद्ध दिवसमा मौन समर्थन गर्ने राजेन्द्र लिङदेनको कार्यले राप्रपाभित्र बढेको अन्तुष्टि राष्ट्रपति निर्वाचनमा मत दिने विषयसम्म पुगेको छ ।

पशुपती शमशेर जबरा पक्ष अहिले राप्रपाले गणतन्त्र र राष्ट्रपतिलाई स्वीकार नगर्ने तथा राजतन्त्र पुनर्बहालीको एजेन्डा बोकेकाले राष्ट्रपति चुनावमा मतदान गर्न नहुने तर्क गरिरहेको छ । जहाँ अध्यक्ष लिङ्देन भने सरकार र गठबन्धनमा सहभागी भइसकेपछि गठबन्धनको अनुकूल हुने गरी राष्ट्रपति चुनावमा मतदान गर्नुपर्ने पक्षमा छन् । यसले राष्ट्रपतिको निर्वाचनसंगै राप्रपामा फुट्नसक्ने र गठबन्धनमै पर्नसक्ने प्रभाव ओलीको लचकताले मात्र थेग्न नसक्ने आशामा कांग्रेस छ । यहि दोहोरो फाईदाको अवस्थाले उत्साहित भएकै कारण हुनसक्छ कांग्रेस नेताहरु गठबन्धन फुट्ने मिति नै तोक्न थालिसकेका छन ।

अहिले प्रचण्डले कांग्रेस वोकेर सन्तुलनको रणनिति प्रयोग गरिरहनुमा ओलीले गठबन्धन बनेको दिनबाटै पेल्नु खोज्नुै मुख्य कारण हो । जहाँ कांग्रेसले पनि दुख सुखमा साथ दिने र स्वतन्त्रपूर्वक काम गर्न दिने वातावरण सिर्जना गर्न आफू जतिको भरपर्दो मित्र एमाले हुननसक्ने स्थापित गर्न लागि परेको छ । यसको अर्थ ओली र प्रचण्डले एक अर्काले दवावमा राख्न गरिरहेको प्रयास नै कांग्रेसका लागि मौकाको विषय बनेको छ । जहाँ ओली पछि हटेर प्रचण्डको विश्वास जित्न सके कांगेसको ढोक्सा रित्तै रहने सम्भावना पनि नर्कान सकिन्न ।