Breaking

विनयमोहन क्वात्रा नेतृत्वको क्वाटर–क्वाटरमा, कुटनीतिक मर्यादा नै भुलेर मनमौजी भेट


काठमाडौँ — भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमण सक्काएर स्वदेश फर्किएका छन । प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेपछि भएको यो पहिलो भारतीय उच्चस्तरीय भ्रमणवारे चासो स्वभाविक थियो । भ्रमणको क्रममा क्वात्राले दुई मुलुकबीचको कुटनीतिक सम्बन्ध विस्तार मात्र नभइ सत्ता समीकरणमा पनि चासो राखेको बताइन्छ ।

२०७८ को अन्त्यतिर आफ्नो कार्यकाल सकिएपछि तत्कालिन वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित शीर्षस्थ नेताहरुलाई दुतावास प्राङगण लैनचौरमा लाईन लगाउन सफल कुटनीतिज्ञ तत्कालिन नेपालका लागि भारतीय राजदुत मोहन क्वात्रा विदेश सचिव वनेपछि सोमवार पहिलो पटक नेपाल ओर्लिए । सचिवस्तरीय संयन्त्रको नियमित वैठकका लागि परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा काठमाडौ ओर्लिएका क्वात्रा सचिव स्तरीय वैठकमा मात्र सिमित रहेनन् ।

उच्चस्तरीय भेटघाट उनको प्राथमिकता प¥यो । केहि घण्टाको सचिवस्तरी वैठक लगत्तै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालबाट सुरु भएको उनको कुटनीतिक भेटघाट, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष के.पी शर्मा ओली, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहित राजनीतिक दलका शीर्ष नेताको ढोका ढोकामा पुगेर भेटवार्ता गरे । मन्त्रीका कोठा कोठा पुगेर भेटवार्ता गरे तालुकदार मन्त्रालयसँग सम्बद्ध विषयमा छलफल सहयोग आदनप्रदानवारे छलफल गरे । विकास साझेदारी, आर्थिक सहायता र समग्रमा दुई पक्षीय हितका वारेमा छलफल भएको जनाएको छ ।

दुई मुलुकबीच छलफल भएको योजना र साझेदारी कार्यन्वयनको विस्तारै लेखाजोखा होला तर तत्काल भने नेतृत्वले देखाएको कुटनीतिक कच्चापनमाथी आलोचना सुरु भईसकेको छ । नेतृत्व कूटनीतिक मर्यादाको ख्याल नै नगरी भेट दिए । कुटनीतिक मामिलामा अर्को कच्चापन फेरी प्रर्दशन गरे ।

दुई मुलुकबीच खुला सिमानाका कारण सम्बन्ध जति विशेष छ , विवादस्पद सिमा विवादका कारण नेपाल–भारत सम्बन्ध खस्किँदो क्रममा छ । यस्ता कुटनीतिक भ्रमण दुईपक्षीय छलफल दुई मुलुकबीचको सम्बन्ध सुधार्ने महत्वपूर्ण कडि हो । क्वात्राको भ्रमण आर्थिक विकास र सहायताका हिसावले मात्र नभई बदलिँदो भु–राजनीतिक प्रभावकाबीच नेपाल–भारत सम्बन्धको जिवन्तताका हिसावले पनि अर्थ पूर्ण मानिएको थियो ।

अर्कोतर्फ गढबढिपूर्ण गठबन्धन र राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा भएको क्वात्राको भ्रमणवारे अनेकन टिकाटिप्पणी जारी छ । मुलुकको आन्तिरिका राजनीति र कुटनीतिक क्षेत्रको पछिल्लो अवस्था वैदेशिक उपज भन्दा पनि आन्तरिक राजनीति नै दोषि रहेको जानकारहरुको तर्क छ । विदेश मामिलामा नेतृत्व नै सुध्रिन जरुरी रहेको उनीहरुको सुझाव छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको विश्वास पात्र कुशल कुटनीतिज्ञ क्वात्राको भ्रमणले कुटनीतिक क्षेत्र केहि तरंगित पक्कै भएको छ । बढ्दो भु–राजनीतिक प्रभाव नेपाल मामिलामा शक्ति राष्ट्र अमेरिका र उत्तरको छिमेकी चिनको बढ्दो चासोकाबीच यी दुवै मुलुकको कुटनीतिक अनुभव भएका क्वात्राको काठमाडौ यात्रा औपचारिकता मात्र वा अरु कुनै रणनीतिक चाल भन्ने चासो पनि जनमानसमा छ । नेपाल–भारतबीचको सीमा विवादलाई बाईपास गर्दै अन्य विषयमा केन्द्रित हुनुले भने उनको भ्रमण आलोचनामा छ ।