Breaking

प्रचण्डको पेलानमा परेका ओली किन काखी च्याप्दैछन् रविलाई ? के होला उनको रणनीति ?


काठमाडौँ — प्रचण्डलाई साथ दिदै प्रधानमन्त्रीको यात्रा गराएका एमाले अध्यक्ष केपी ओली अहिले माओवादीसंग शंशकित बन्दै गएका छन् । आफूमा केन्द्रीत शक्ती विरुद्ध प्रचण्डको धावा र विकसित घटनाक्रमले किनारामा परेको महसुस गरेका उनी अहिले गठबन्धन नभत्किने गरी समाधान निकाल्नसक्रिय छन् । नयाँ गठबन्धन बनेसंगै ईपिसेन्टर बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्ला दिन निद हराम हुँदैगएको छ ।पछिल्लो समय राजनीतिक परिदृश्य यसरी वद्लिएको छ कि वालकोट धाउने प्रचण्डलाई भेट्न ओली नै वालुवाटार पुगिरहेका छन् । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएसंगै झस्किएका उनलाई माओवादीले लगाएको राष्ट्रिय सहमतीको रटानले अर्को चस्का दिएको छ ।

जहाँ वलियो बन्दै गएका प्रचण्ड र उनलाई कस्न बनाएको घेरा कमजोर बन्दै जानु ओलीका लागि चिन्ता थप्ने विषय बनेका हुन । यसअघि प्रचण्डलाई बाध्न महत्वपूर्ण मन्त्रालय कि आफूले नत्र अर्को दलको हातमा पुर्याउने तथा अनुभवीलाई मन्त्री बन्ने बाटो बन्द गर्ने रणनितिमा सफल भएका ओली प्रचण्डको बढ्दो वेग नियन्त्रणमा रवि र राजेन्द्र प्रयोग गर्ने रणनितिमा थिए । जसलाई रवि प्रकरणले फेल गराएपछि सवैभन्दा पहिले त उनकै पुनारागमनका लागि ओलीले प्रचण्डलाई दवाव दिएका थिए । तर नैतिकताको प्रश्न उठाँउदै रविलाई त के रास्वपाका अरुलाई समेत गृहमन्त्रालय दिन नसकिने बटमलाईनमा प्रचण्ड छन् ।

फलत ः बुधबार बिहानसमेत प्रचण्ड ओलीविच नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड र राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनबीच छलफल भएलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए भने लिङदेन समेत सकारात्मक रहेको भन्दै लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउनका आग्रह गरेका थिए । आफ्नो यो रविप्रतिको नक्कली अनुरागले आगामी राष्ट्रपति निर्वाचनसम्म गठबन्धनमा गन्जागोल नहुने र राष्ट्रपतिमा आफ्ना उम्मेद्वारको जित सुनिश्चित हुने आशामा ओली छन ।

यद्यपी पार्टीभित्रैपनि एक पक्ष रविलाई अघि सार्न नहुने अडानमा छ भने गैरसांसद र राहदानी दुरुपयोगसम्बन्धी आरोप लागेका लामिछानेलाई गृहमै फर्काउन जोड दिँदा पार्टीमा अवगाल आइपर्ने चिन्ता एमालेमा छ । जसले गठबन्धन पनि नफुट्ने र लामिछाने पनि फकाउने मध्यमार्गी बाटोको खोजीमा ओली छन् । तर गठबन्धन फुटे कांग्रेसको हालतमा पुग्ने बुझेका ओली प्रचण्डलाई ईख्याउने भन्दा देउवालाई धम्काउने बाटोमा छन् ।

यता कांग्रेसको आडभरोसा पाएका प्रचण्डसरकारलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षी कांग्रेससहितको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् । यसले कम्तिमा आफ्नो भागमै नपरेको राष्ट्रपति माओवादीलाई दिने कुरामा एमाले सकारात्मक हुने वुझाईमा प्रचण्ड छन् । सत्ता गठबन्धनको बैठकमा पनि ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग मिलेर अप्ठेरो पार्ने र घेराबन्दी गर्ने गरेको गुनासो नै गरिसकेका छन् । तरप्रचण्डलाई कस्ने घेरा कमजोर बनेकै कारण राष्ट्रपतिमा पनि पेल्ने आट बढेको बुझेका ओली फुक्काफाल छाडे आगामी दिनमा पनि पेलान बढ्नेबारे वेखवर छैनन् ।

अहिले गठबन्धनमा देखिएको मुख्य समस्या नै प्रचण्ड ओली एक अर्काले दवावमा राख्नु खोज्नुमै देखिएको छ । जहाँ कांग्रेस वोकेर प्रचण्डले सन्तुलन मिलाउन खोज्दा ओलीको टाउको दुखाईको विषय नै यहि बनेको छ । आफू किङमेकर रहेको र त्यो शक्ती कायमै रहनु पर्ने उनको अहंकारकावीच वातावरण भने प्रचण्ड अनुकुल बन्दै गएको छ । जहाँ कांग्रेसमा रहेको राष्ट्रपतिको सपना तुषारापात नहुदै आफ्नो धरातल बलियो बनिसकोस भन्ने प्रचण्डको रणनिति फेल गर्ने नै पहिलो उदेश्यमा ओली रहेका छन् ।