Breaking

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड


काठमाडौँ — सुनको मूल्यमा ऐतिहासिक रेकर्ड राखिएको छ । बिहीबार सुनको मूल्यले आफ्नै रेकर्ड तोड्दै प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड राखेको थियो । यो साता कूल परिणाममा सुनचाँदीको मूल्यमा त्यति धेरै परिवर्तन नभए पनि मूल्यमा उतारचढाव भने भएको छ ।

सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राख्दै गर्दा बिहीबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो भने, दोस्रो दिन पुनः १४ सय रुपैयाँले घट्दै १ लाख ६ हजार एक सय रुपैयाँमा झरेको छ ।