देश

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश फुयालको बेन्चमा


काठमाडौँ— क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । लामिछानेको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ ।

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले माघ १७ मा सर्वोच्च अदालतमा निवेदन दिएको थियो । महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यबिधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ । यसअघि उच्च सरकारी वकिलको कार्यालयले सर्वोच्चमा जानुपर्ने राय महान्यायाधिवक्ताको कार्यालयलाई दिएको थियो ।

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले शर्त सहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।