देश

जग्गाको विवाद मिलाउन सीडीयोले नै फर्जि अख्तियारको व्यक्तिखडा गरी ७० लाखको डिल गरेको खुलासा


काठमाडौँ—सिराहाबाट गोरखाकालागी सरुवा भएका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जग्गाको विवादित मिलाईदिन ठूलो रकमको ‘वार्गेनिङ’ गरेको भन्दै सिआईविले अनुसन्धान सुरु गरेको छ।

सिरहाका तत्कालिन सीडीओ कवाडीको यहि विवादले सरुवा समेत रोक्का गरी सेवाग्राहीसंग जग्गा विवाद मिलाउन लाखौं रकम डिल गरेको अडियो फेला परेपछि सिआइवीले उनीमाथी अनुसन्धान सुरु गरेको हो। जग्गाको विवाद मिलाउन सीडियोसँग पहिलो चरणमा कुरा गर्दा एक करोड रुपैयाँबाट ‘वार्गेनिङ’ सुरु भएको स्रोतले बताएको छ।

सोही जग्गामा सेवाग्राहीको भाइको छोराले यसमा मेरो पनि अंश रहेको र मेरो काकाले यो जग्गा एकलै हडफिन् खोजको भन्दै उनले जिल्ला प्रशासन कार्यालय सिराहामा निवेदन दिएको थियो।

उक्त निवेदनको आधारमा सीडीयोले जग्गाधनीलाई विभिन्न किसिमको धाक धम्की देखाएर अनत्यमा आर्थिक वार्गेनिङ सुरु गरेको स्रोतले जनाएका छन्। डिल अगाडी नबढेपछि सीडीयोले नै फर्जि अख्तियारको अधिकारी पुस्पेन्द्र नामका व्यक्तिखडा गरी नयाँ डिल सुरु गरेको थियो।

उनी सप्तरी राजविराजका निर्माण व्यसायी हाल लाहान स्थित कोठा भाडामा बस्दै आइरहेको स्रोतले बताएको छ।उनले सेवाग्राहीसँग आफू अख्तियारको ठुलो हाकिम रहेको भन्दै सेवाग्राहिसँग पैसाको वार्गेनिङ सुरु गरिएको स्रोतले जनाएको छ। सेवाग्राहिसँगको पटक–पटकको छलफल पछि ७० लाखमा ‘डिल’ भएको थियो।

सेवाग्राहिले एकैपटक तिर्न नसक्ने भनेपछि एक महिनामा ५ किस्ता बनाएर बुझाउने सेवाग्राहि र विचौलियाबीच वार्तालाप भएको थियो।

करिव २०५९ सालमै माओवादी द्धन्दकालकै बेला जिल्लाको मिर्चैया नगरपालिका ६ का राजेश्वर साह र तत्कालिन माओवादी नेता स्व। रामप्रताप साहविचको जग्गा विवाद मिलाउन त्यतीवेला माओवादीमै रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा ९ज्वाला सिंह० का अध्यक्ष समेत रहेका सिरहा नगरपालिका ७ का नागेन्द्रकुमार पासवान र माओवादीकै केहि नेताहरुले उनीहरुसंग ९५ हजारको कपाली र २४ कठ्ठा जग्गा समेत नागेन्द्रको नाममा पास गरिएको स्रोतले जनाएको छ।

२० वर्षपछि राजेश्वरले माओवादी नेताहरुलाई गुहार गरे पश्चात नागेन्द्र कुमार पासवान संग व्यापक छलफल र पहल गरेपछि पटक–पटकगरी जम्मा ७ कठ्ठा जग्गा फिर्ता गरेपनि १७ कठ्ठा जग्गा भन्ने अझै उसकै नाममा रहेको स्रोतले बताएको छ।

पासवानले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ को कित्ता नं। १४७६ ९हाल मिर्चैया नगरपालिका ६० को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं। १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वर प्रसाद साहलाई बिक्री ९उनकै जग्गा फिर्ता गरेको० गरेको मालपोतको श्रेस्तामा उल्लेख छ।

तत्कालीन भूमिगत पार्टी नेकपा माओवादीमा रहेकै बेला जयकृष्ण गोइतले माओवादीमा तराईको बारेमा विमति राख्दै २०६१ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि गोइतसँगै पासवान पनि भुमिगत समुहमा लागेका थिए। त्यहि जमिनको विषयमा गोइतसंग पनि पार्टीमा विवाद र दवाव बढेपछि पासवान जयकृण गोइतसँग छुटिएको माओवादी नेताहरु बताउँछन्।

गोइतले पनि सोहि जग्गा फर्काउन भनेपछि उनी गोईतसँग पनि छुट्टिएर आफ्नै नेतृत्वमा दुई वर्षपछि २०६३ सालमा नागेन्द्रले जनतान्त्रिक तराई मुक्ति मोर्चा ९ज्वाला सिंह० समूह गठन गरेको थियो। प्रहरीले खोजी गरिरहेका पासवान परिवारसहित भारतको बिहार प्रान्तमा बस्दै आएको बताइन्छ।

ज्वाला सिंहले फिर्ता गरेको ७ कठ्ठा जग्गामा जग्गा धनीको भाई स्व। विन्देश्वर साहको छोरा रोहित साहले केहि राजनितिक व्यतिहरुको उक्साहटमा करिव ६ महिना अगाडी जिल्ला प्रशासन कार्यालयमा अंश दिलाइ दिन निवेदन दिएको थियो। निवेदन दिए पश्चात सिडियोले यो डिल करिव ६ महिना देखि गरिरहेको स्रोतको दाबी छ।

जग्गाको अहिलेको बजार मुल्य करिव ७ करोडको रहेको स्रोतले जनाएको छ। यसमा अख्तियार र सीवीआईले पनि सेवाग्राहिलाई सघाउँदै आएको स्रोतको भनाई छ। सीडीयो कवाडी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन्।