देश

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै


काठमाडौँ— लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ ।

प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री लिला गिरीबाट महालेखापरीक्षकका दुई वर्षका प्रतिवेदनहरु पेश गर्ने र कार्यव्यवस्था परामर्श समिति घोषणा गरिनेछ ।