देश

आजको मौसम


काठमाडौँ— हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू भागहरूमा आंशिक बदली रही अन्य भू भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

तराईका भू भागहरूमा हुस्सु लागेको छ। त्यस्तै आज दिउँसो प्रदेश एक र गण्डकी प्रदेशका भू भागहरूमा आंशिक बदली रही देशका बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।

यो क्रम राति पनि जारी रहनेछ । तराईका भू भागहरूमा बिहानीपख लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।