Breaking

कसले सक्दैछ रवि–राजेन्द्रलाई, प्रचण्डको पेलाई, जनअपेक्षा लत्याउँदै नेतृत्व, पदको दुरुपयोग


काठमाडौँ — सत्तामोहमालिप्त देखिएका रास्वपा र राप्रपामाकथनी र करणीकोतारतम्यतानमिल्दाआलोचितबनिरहेका छन् । जनताले ठूलो आश र भरोसा गरेर सदनमाप्रभावकारी उपस्थिति देखाएकाउनीहरुको नेतृत्वको कार्यशैलीका कारण पार्टी भित्रै पनिआलोचना सुरु भएको छ । वैकल्पिकशक्तिभनेर उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वअहिले लगातार आलोचितभन्दै गएका छन् । उनीहरुले चालेका अधिकांशकदमले खुदउनीहरुकै छवि मैलाउँदै लगेको छ । अरुलाई नैतिकताको पाठ सिकाउने रास्वपाका सभापति रवि लामिछाने आफ्नै नैतिकताभुल्दै छन् भने राजापूज्ने राप्रपाकाअध्यक्ष राजेन्द्र लिङदेन उनैले पुज्ने राजाको शालिकतोड्दै हिड्नेसँगको सहयात्री बनेका छन् ।

यहिशिलशिलाका कारण उनीहरु मतदाता र आमनागरिकबाट मात्रै आलोचित बनेका छैनन् कि कथनी र करणीमा तारतम्यतानमिल्दा पार्टीभित्रै पनिआलोचनाको शिकार बन्दै गएका छन् । दुवैको नेतृत्वका कारण पार्टीले सफलताहातपारेतापनि सत्तामोहका कारण पछिल्लो केहीमहिनायताउनीहरुले चालेका कदमबाट भने पार्टीभित्रद्वन्द्वको अवस्थासिर्जना हुँदै गएको छ । चुनावको समयमाभोट माग्नजनताको घरदैलो पुग्दै गर्दा प्रतिपक्षको झाँसो दिएका रवि र राजेन्द्र चुनावको नतीजा पछि भने सत्तामोहमा नराम्ररी फसेका छन् । कुर्सी र पदबाहेक केहीनदेखेको जस्तो उनीहरुको कार्यशैलीले देखाएको छ ।

गृहमन्त्रीभएदेखि नै विवादमा मुछिदै आएको लामिछाने सांसद् पदच्यूतहुँदापनिमन्त्रीबन्ने लहड भने छाडेका छैनन् । प्रतिपक्षमा नै बस्दाजनताको बलियो साथहुने भएतापनिउनी सत्तामोहमा नै लिप्त बने । गृहमन्त्रीमाग्नु पार्टीको दायित्वभएपनि रवि नै हुनु पर्ने धारणा पार्टीमा छैन । रास्वपाको एजेण्डा र पार्टीले गरेको कामको तारतम्यतानमिलेको रास्वपाका नेतापनि स्वीकार्छन् ।

यता, भइरहेका नेतालाई चोरको संज्ञा दिँदै १ सीटबाट १४ सीटको हैसियतबनाएकाअध्यक्षलिङदेनको अवस्थापनि फरक केही छैन । उनीअहिले त्यहीचोरलाई आफ्नो जनमत सुम्पिएर नामको अगाडि उपप्रधानसहितउर्जा मन्त्रीको ट्यागमा रमाइरहेका छन् भने उनैको हो माहो मिलाएर मन्त्रीभएकाविक्रम पाण्डे पदको दुरुपायोग गर्दै कालिका कन्ट्रक्सनको ठेकाको मिति बढाउनेमाजोडबल गरिरहेका छन् । सदनमा गणतन्त्रवादी र राजावादीहरुको भिडन्त हुन्छ तर, लिङदेनको एक शब्दबोली फुट्दैन । गणतन्त्रवादीको हेपाइ महसुस गरेका अन्य सांसद चम्किदाउनीभने मौन व्रतमा हुन्छन् ।

सदनमा राप्रपाकाअन्य सांसदको बोलीउनको कार्यशैली विरुद्धको आवाज बनेर पोखिरहेका छन् । गणतन्त्र र राजावादीको यो सहकार्यलाई स्वार्थ सिद्धको खेल ठानिरहँदा, राप्रपाका नेतहरु भने आफूहरु सिद्धान्तमा नै अडिक रहेको सुगा रटान लगाइरहेका छन् । गणतन्त्रवादीसँग टाउको जोडिसकेपछि वैकल्पिकशक्ति सकियोको आरोप उनीहरु माथि छ । दुवै पार्टीका नेतृत्वकै कारण पार्टीले ठूलो सफलताहातपारेकोमाकुनै शंका छैन ।

तर जनताले आश र भरोसा राखेका उनीहरुलाई पनिउपप्रधानप्यारो भएपछि भने आलोचनाको शिकार बनिरहनु परेको छ । कथनी र करणीमा चुक्दा राजनीतिकयात्रा समाप्तभएको विगतको नजीरले देखाउँछ । रवि र राजेन्द्रले पनि यसबाट पाठ नसिकीजनअपेक्षा बेगर सत्तामोहमा नै टाँसिरहने हो भने, भोलीको दिनमाउनीहरुको हालतपनिआम राजनीतिक पार्टीको भन्दा फरक हुने देखिँदैन ।