Breaking

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु, सरकारमा सहभागिताका विषयमा छलफल हुने


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको हो । बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकरात्मक सन्देश नपाएको पनि ढकालले बताए । त्यसैले अब नयाँ शिराबाट अगाडि जान लागेको उनको भनाइ छ ।