Breaking

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बुधबारका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार दिउँसो ४ बजेका लागि स्थायी कमिटी बैठक तय गरिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ४ बजेपछि बैठक बस्ने उनले जानकारी दिएका हुन्। देशको पछिल्लो राजनीतिक घटनाक्रम, गृह मन्त्रालय, राष्ट्रियसभा उपाध्यक्ष चयन र राष्ट्रपति निर्वाचन लगायतका विषयमा स्थायी कमिटीमा छलफल हुन लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब आइरहेको छ । यद्यपि सर्वोच्च अदालतको पूर्णपाठ नआई रविलाई गृह दिन नसकिने निश्कर्षमा प्रधानमन्त्रीसहित माओवादीका शीर्ष नेताहरु रहेका छन् ।