Breaking

संसदमा सत्तारुढ गठबन्धनकै दलहरुबीच जुहारी


काठमाडौँ — संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे मन्त्रीहरुले बोलेको विषयलाई लिएर संसदमा सत्तारुढ गठबन्धनकै दलहरुबीच जुहारी चलेको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । तर राप्रपाका सांसदले त्यसको प्रतिवाद गरेका छन् । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरुको मत बाझिएको भन्दै यो राम्रो संकेत नभएको बताए ।

कानुनमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्रीले राष्ट्रिय सभा बैठकमा सचेत गराएको भएपनि शहरी विकासमन्त्रीको त्यस्तै अभिव्यक्ति आएको भन्दै उनले भने, ‘आधारभूत संरचनाबारे प्रधानमन्त्री र मन्त्रीहरुको धारणा बाझ्नु मुलुकको लोकतन्त्रका लागि राम्रो होइन । धर्मको नाममा राजीनीति गर्दा हिन्दुस्तान, पाकिस्तान र बंगलादेश कुनै पनि देश शान्त नभएको भन्दै उनले संविधानले मार्गनिर्देश गरेको विषयबाट विचलित हुन नहुने बताए ।