Breaking

प्रचण्डका अघि निरीह बने ओली – रवि, देउवाको साथ हौसिएको माओवादी होला त सफल ?


काठमाडौँ— समिकरणमा फेरवदलसंगै ओलीको दवावमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय आक्रमक बन्दै गएका छन् ।

कांग्रेसको साथ र विकसित परिस्थितीले थप शक्तिशाली बन्दै गएका उनी वारपारकै अवस्थामा सामना गन तयार छन् । एकाएक कसरी बढ्यो त प्रचण्डको वल ?

तत्कालिन गठबन्धनमा कांग्रेसको पेलान सहेर बसेका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न एमालेको साथ रोज्दा जे भएपनि हस भन्ने अवस्थामा थिए । गृह र अर्थ जस्ता महत्वपूर्ण मन्त्रालय अर्को पार्टीको हातमा पुग्दा होस कि उप प्रधानमन्त्रीको चाङ लगाउदा होस चुपचाप सहेका उनी आफैले दिएको वचन विपरित नारायणकाजी श्रेष्ठलाई तेश्रो वरियतामा राख्दा पनि चुप नै बसे ।

अर्थात एमाले अध्यक्ष केपी शर्मा ओलीको दवदवामा उनी केवल प्रधानमन्त्री पद पाएकैमा खुसि मनाउन बाध्य थिए । यता व्यवस्थाकै विरुद्ध रहेको शक्ती राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र सरकारभित्रै प्रतिपक्षी बन्ने उद्घोष नै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको साथ लिनु पनि उनका लागि बाध्यता नै थियो ।

उच्चस्तरिय राजनितिक संयन्त्रका नाममा हात वाधिदा र मर्यादाको मुद्धा बनाँउदै नयाँ अनुहार मात्र मन्त्री बन्ने अवस्था सिर्जना हुदा पनि उनीले चुपचाप सहे । जहाँ विवादित अनुहारले नै भटाभट मन्त्रालय सम्हाल्दा पनि केहि गर्छू भनेर आएको बताउने प्रचण्ड चुईक्क बोलेनन् । यद्यपी यसैबाट पार पाउन र शक्ती सन्तुलनका लागि अनावश्यक कांग्रेसको विश्वासको मत ल्याएका उनी धेरै समय चुप बस्लान भन्ने अपेक्षा भने कमैले गरेका थिए ।

पूर्व विश्लेष अनुसार नै भनौ निरिह बनिरहेका उनले यसको पहिलो उदाहरण संघियताको विपक्षमा वोल्ने मन्त्री विरुद्ध स्पष्टिकरण सोध्ने बताएर सुरु गरे । राप्रपाबाट कानुनमन्त्री बनेका धुव्रबहादुर प्रधानले संघियता खारेजी राप्रपाको एजेण्डा नै भएको भन्दै दिएको अभिव्यक्तिको उत्तर दिएका उनले बाहिर राजनीतिक दल, सांसदलाई आफ्नो धारणा राख्ने अधिकार भए पनि मन्त्रिपरिषदमै बसेर त्यसविरुद्ध बोल्ने अधिकार नभएको बताएका थिए । यहिबाट प्रचण्डको युटर्न भएको संकेत मिलेको थियो ।

यहि कारण राप्रपासंग केहि टसलकै अवस्था देखिदा दोश्रो चालका रुपमा आफूलाई विश्वासको मत दिने सवै दलको सर्वदलिय भेला राखेका प्रचण्डले राष्ट्रिय सहमतीको सरकारको विषय अघि सारे । भरसक सभामुखबाटै यसको सुरुवात गर्ने नत्र यसैलाई आधार बनाएर राष्ट्रपतिमा सम्भव गराउने उनको चालकै कारण ओली र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकविच चर्काचर्की पर्यो भने ओलीले बैठक नै छोड्ने अवस्था आयो ।

फलत केहि पछि हटेका प्रचण्ड अहिले राष्ट्रपतिमा राष्ट्रिय सहमती नै चाहिने पार्टीबाटै निर्णय गराएर अघि बढेका छन् । जसलाई कांग्रेस भित्र्याएर आफ्नो तेजोवध गर्ने रणनितिका रुपमा एमालेले बुझेपनि प्रचण्ड आफ्नै मान्छे अघि सार्ने रणनितिमा छन् । जसले कांग्रेसमा पनि भागप्राप्तिको आशा जगाउदाँ राष्ट्रपति र सभामुख एमालेलाई दिएर आफूले प्रधानमन्त्री लिएको सहमती तोडेको दोषबाट पनि वचिने प्रचण्डको बुझाई छ ।

जहाँ आफैले बनाएको प्रधानमन्त्रीसंग भिड्दै पाएको सवै गुमाएर पाँचबर्ष प्रतिपक्षी बन्ने बाटो एमाले नहिड्ला भन्ने आत्मविश्वासले अझ उत्साहित बनेका उनी रास्वपाले सरकार छाड्न दिएको धम्की समेत नजरअन्दाज गरिरहेका छन् । अर्थात ओलीले समेत रवि लामिछानेलाई गृहमन्त्रीमा ल्याउन दवाव बढाँउदा समेत नागरिकता सम्बन्धी मुद्धाको फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालय आफैले राख्ने अडानमा प्रचण्ड छन् ।

पछिल्लो अवस्था हेर्दा कांग्रेसको साथ र एमालेको बाध्यता नै प्रचण्ड वलियो बन्ने आधार बनेको छ भने नैतिकताको कारण देखाँउदै अरु मन्त्रालय समेत हातमा पार्ने वातावरण बनेको छ । यद्यपी कांग्रेसले राष्ट्रपति नपाए सन्तुलनबाट प्राप्त उनको मजवुति यसै रहला भन्न सकिन्छ । यहि कारण कसले कसलाई गलाउछ र को वलियो बन्छ भन्ने थाहा पाउन केहि दिन अझै कुनुपर्ने हुन्छ ।

तर यहि गलाउने र आफू वलियो बन्ने लक्ष्यकै कारण कांग्रेसले व्यहोरेको हालतको उदाहरण पुरानो नहुदै देउवा ओली एक ठाँउमा आएर प्रचण्ड कांग्रेसको हालतमा नपुग्लान भन्न समेत सकिन्न । यसलाई ध्यानमा राख्दै आफ्नो हात कति फैलाउने शायद प्रचण्डले पनि मूल्यांकन गरेकै होलान ।