Breaking

पाकिस्तानमा जारी आर्थिक संकट थप जटिल बन्दै, नगदको चरम संकट


काठमाडौँ— पाकिस्तान यतिबेला ठूलो आर्थिक संकटले ग्रसित छ । रुपयाँको गिरावट, मुद्रास्फीति बढ्दै गएका कारण त्यहाँ जिविको पार्जन गर्न निकै धौ धौ भइरहेको नागरिकको गुनासो छ ।

पाकिस्तानमा यतिबेला सर्वसाधरण नागरिकलाई दुई छाक खानापनि धौ धौ परिरहेको छ । महँगीका कारण बिहानको खाना प्रायले ढिलो खाने र दोस्रो खाना लगभग रातपर्नेबेलामात्र खान त्यहाँको आमजनता बाध्य छन् । देश ठूलो आर्थिक संकटबाट ग्रसित भएको विवरण सार्वजानिक भईरहेको छ ।

पाकिस्तानमा रुपयाको गिरावट दिनानुदिन भईरहेको छ, मुद्रास्फीति बढ्दै गएको छ र ऊर्जाको अभावले चरम रुप लिएको छ । त्यहाँ आर्थिक संकट दिन प्रति दिन बढ्दै गएको छ ।

पीठो, दाल, चामलदेखि पेट्रोल र डिजेलसम्म जनताको पहुँच बाहिर गईरहेको छ । पेर्टोलको भाउ ३५ प्रतिशतले बढेको छ । त्यस्तै आटा ४८० रुपैया किलो, चिनी ९५ रुपैया किलो, अंडा २० देखि ३० रुपैया पर पिस, घि २५०० रुपैया पुगेको छ । पेर्टोल एक लिटर २१५ रुपैया, डीजेल १ लिटर २२८, तेल १ किलो ५८० रुपैया, चियाँ ११० ग्रामको ४१३ रुपैया, एक किलो गोडबेला ९० रुपैया त्यस्तै प्याज १ किलो २८० रुपैया पुगेको छ ।

ऋणको बोझले दबिएको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति लगभग सकिन लागेको छ । विभिन्न रिपोर्टका अनुसार फेब्रुअरी १ बाट पेर्टोल र डिजेलको भाउ ४५ देखि ८० रुपैयाले अझै बढ्ने अनुमान गरिएको छ पेट्रोलियम पदार्थदेखि खाने पिउने सामानको मूल्यले आकाश छोइरहेको छ र देश नगदको चरम संकटको सामना गर्न बाध्य छ ।

विदेशी मुद्रा सञ्चिति ४.१ अर्ब डलरमा झरेको छ । अत्यावश्यक वस्तु आयात गर्न नसक्दा आर्थिक संकटसँगै विद्युत सङ्कट पनि आइरहेको छ ।

त्यस्तै अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रामा ठूलो गिरावट आएसँगै पाकिस्तानलाई अर्को ठूलो झट्का लागेको छ । उच्च मुद्रास्फीति र नगद संकटको सामना गरिरहेको देशको मुद्राले नराम्रो मोड लिएको छ । पछिल्लो एक वर्षमा पहिले बाढी र त्यसपछि आर्थिक संकटले पाकिस्तान थप कमजोर भएको विभिन्न संचार माध्यमहरुले जनाएको छ ।

पाकिस्तानको पछिल्लो अवस्था यस्तो बनेको छ कि उसले धेरै देशसँग आर्थिक सहयोग मागेको छ तरपनि कोही अगाडि बढेर सहयोग गर्न तयार छैनन् ।