Breaking

ओलीवादले मुलुकको कम्युनिष्ट आन्दोलन नै अप्ठ्यारोमा पा¥यो: घनश्याम भुसाल


काठमाडौँ — माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नु भएका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दावी गर्नु भएको छ । एमाले परित्याग गरेको केही समयपछि शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बीच सो पार्टी प्रवेश गर्नु भएका उहाँले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताउनु भएको हो ।

नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत दोहो¥याउनु भयो । आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उहाँको भनाई थियो । नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दिपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नु परेको स्पष्टिकरण समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘कमरेड ओलीका कारणले, ओलीवादले, ओली विचार, ओली सिद्धान्त, ओली संगठन ।

संगठन कस्तो हुन्छ भन्दा सौराह काण्डमा जे गरियो, त्यस्तै संगठन हुन्छ । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन । यो उहाँको सिद्धान्त रह्यो । विचार के हो भन्दा सर्वत्र म । बस् यो विचार हो । यो सिद्धान्त हो, संगठन हो । यो ज्ञानमाथि, विज्ञानमाथि, तर्कमाथि, प्रमाणमाथि ओलीवाद हाबी भएका कारणले आज कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गयो । यो कुनै गालीगलौज गरेको छैन । बहस गर्छ कसैले ? म बहस गर्न तयार छु । बहस गर्दै पनि आएको छ ।

कसैले यस विषयमा बोलेको पनि छैन । यस अर्थमा एक हिसावले भन्ने हो भने देखि यो कुरा सबैले बुझेका पनि छन कि बिग्रेको यही कारणले हो भन्ने सबैले बुझेका छन भन्ने पनि मलाई लाग्दछ । र, यस्तो अवस्थामा स्वयम् म नेकपा (एमाले)मा रहन सकिन । धेरैले भन्छन–किन छोडिस् ? मैले भनेको छु कि मेरो निर्वाचन क्षेत्रमा अर्को कसैलाई उठाईदैछ मलाई थाहा छ । थियो । र, मैले सबैलाई भनेको थिए कि मलाई उम्मेदवारी दिईदैन । यो सामान्य कुरा थियो ।

तर मैले अघिल्लो चुनावमा हराएका मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा पनि म सहेर बस्नु हो भने जिउँदै बस्नु पर्छ कि पर्दैन ? भन्ने कुरा जो सुकैले पनि सोच्ने कुरा हो जस्तो लाग्दछ मलाई । त्यसो हुँदा मैले त्यसको सिम्पली प्रतिवाद गरेको हुँ । यस अर्थ मैले त्यो छोडेर हिँडेको हुँ ।’

नेता भुसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी)ले मात्रै गर्न सक्ने भएकाले सो पार्टीमा प्रवेश गरेको तर्क समेत गर्नु भयो । उहाँले जनताको बहुदलीय जनवादबारे एकलाईन पनि लेख्न सक्ने क्षमता एमालेका नेताहरुसँग नरहेको जिकीर समेत गर्नु भयो । नेता भुसालले भन्नु भयो, ‘म आज पनि, एमाले हुँदा पनि सैद्धान्तिक र वैचारिक रुपमा नेकपाकै सदस्य हुँ भनेर भन्दै आएको हुँ मैले । त्यसका कारण छन । त्यसका के कारण थियो भने यसले नेपालको कम्युनिष्ट आन्दोलनको वैभवलाई एक ठाउँमा ल्याउथ्यो ।

नेकपा एमालेले एक सय रुपैयाँ भत्ता दिएर, आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम ल्याएर, अरु केही ऐनहरु, स्थानीय स्वशासन ऐन ल्याएर राज्यलाई जिम्मेवार बनाउने केही महत्वपूर्ण कार्यहरु गरेको थियो । यो संसदीय अभ्यासमा आएर, सशष्त्र संघषंमा आएर, सशष्त्र आन्दोलनबाट आएको माओवादी जनयुद्धले अन्तत त्यसको बैठान संघीय लोकतान्त्रिक गणतन्त्र राज्यको स्थापनामा भयो । यो सबैलाई कम्युनिष्ट आन्दोलनको वैभव मान्दा नेपालको राजनीतिमा हामी सबैभन्दा वैभववाला राजनीतिक पार्टी हौैं । सबैभन्दा वैभवपूर्ण आन्दोलन हो ।

हामीले आजको उपलब्धिहरुमध्ये सबै भन्दा बढि योगदान गर्न सक्छौं भनेर हामीले भन्न सक्ने ठाउँ छ । हिष्ट्रको त्यो ठाउँमा आज को उभिएको छ ? माओवादी फर्केर फेरी नेपालको सो हिष्ट्रलाई हेर्ने ठाउँमा गयो । नेकपा (एमाले) हिजो नेकपा एमालेको आँखाबाट मात्रै नेपालको कम्युनिष्ट आन्दोलनलाई हेर्ने ठाउँमा पुग्यो भने तर आज नेकपा (एकीकृत समाजवादी, जसको संक्षिप्त दस्तावेज मैले पढेको छु । त्यहीँ ठाउँमा छ, जहाँबाट यसले समग्रतामा हेर्न सक्छ । यो असाधारण ठाउँ हो । असाधारण बलियो ठाउँ । धेरै ठूलो सैद्धान्तिक रुपले, इतिहासको सारा वैभवमाथि बसेर अगाडिको बाटो तय गर्नका लागि धेरै राम्रो ठाउँ हो भन्ने मलाई लाग्छ । दोस्रो, सैद्धान्तिक रुपमा हामीले समाजवादमा जाने भनेर नेकपा बनाएका थियौं ।

पार्टी विभाजन गराइयो । राजनीति र अदालतको गठजोडले । राजनीति पनि षडयन्त्रपूर्ण राजनीति र विकाउ अदालतको गठबन्धन भन्ने गरेको छु मैले । त्यसले पार्टी विभाजित गराइदियो । त्यो विभाजन पछि नेकपा माओवादी अहिले पनि दस्तावेज हे¥उा् भने त्यो समाजवादी कार्यदिशा छ । तर उसले सिद्धान्तको टोपी लगेर माओवाद हाल्दियो । जसले हाम्रो आजको कार्यभारलाई समेटनै सक्दैन । आजको नेपाली समाजवादको कार्यदिशामा माओवादको जनयुद्धको टोपी लगाईदिएर त्यो कसरी मिल्छ ? त्यो मिल्दैन । नेकपा एमाले त झन सिद्धान्त जनताको बहुदलीय जनवादलाई २०४७ सालको संविधानमा लग्यो ।

अहिले जुन जनताको बहुदलीय जनवाद भनिरहेको छ । त्यो मदन भण्डारीको नामको जनताको बहुदलीय जनवादको नाममा हिजोको व्याज लगाएर सुद खाने बाटो मात्रै हो । त्यो जनताको बहुदलीय जनवाद भनेको म दावाका साथ भन्छु–कसैले एकपेज राम्रो सिद्धान्त र इतिहासको प्रकाशमा जनताको बहुदलीय जनवादको कसैले एक लाईन लेखेको छैन । त्यो पल्टन जनताको बहुदलीय जनवादी हुँ भनेर हिँडछ । नेता भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँडने बाहेक एमालेका नेताहरुले केही पनि गर्न नसकेको समेत दोहो¥याउनु भयो ।