Breaking

एमालेबाट फुत्कियो ‘राष्ट्रपति’ ! प्रचण्ड–देउवाको रणनीति सफलभए के गर्छ एमाले ?


काठमडौँ — पछिल्लो राजनीतिक परिस्थिती राष्ट्रिय सहमतीको सरकार बन्नतर्फ उन्मुखभएको विश्लेषणसंगै भावी राष्ट्रपतिको विषयले चासो बढाएको छ । योवीचमाप्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले समेत विश्वासको मत दिएपछि अव राष्ट्रपति कांग्रेसको पोल्टामा पर्नेसम्मकाआकलनगर्न थालिएकोे छ । यो विषयले स्वभाविकदावेदारएमालेमा समेत चिसो पसेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल सकिनै लाग्दानयाँ को आउलान् भन्ने चासो र चर्चा बढ्दै गएको छ ।यहिवीचमानिर्वाचनआयोगले फागुन तेश्रो साताराष्ट्रपति निर्वाचनगर्ने गरि तयारी थालिसकेको अवस्था र राष्ट्रिय सहमतीको सरकारको वहसले यसलाई अझचासोपूर्ण हेरिएको छ ।

केहिदिन अघिसम्मको परिस्थिीमा राष्ट्रपतिको भागएमालेको पोल्टामा पर्ने निश्चित जस्तै रहेको थियो । माओवादीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डलाई प्रधानमन्त्रीबनाएको एमालेले आफ्नो भागमा राष्ट्रपति र सभामुखमागेको थियो भने प्रचण्ड समेत त्यसमा सहमत नै थिए । तर कांग्रेसले पनिप्रधानमन्त्रीलाई विश्वासको मतदिएको विषयतथायसमा प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने संकेत गरेको खवरले राष्ट्रपतिवारे यसअघिको विश्लेषणमै प्रश्न उठेको हो । यसको अर्थ यसअघिबाटै विश्लेषण गरिएझै प्रचण्डले कांग्रेसबाट राष्ट्रपति बनाउनपहलगर्ने सम्भावना बढेको हो ।

यद्यपी नेपालीकांग्रेसकै नेताहरुले भने यो प्रधानमन्त्रीको काम हेर्नका लागिआफुहरुले विश्वासको मतदिएको दावीगर्दै आएका छन । विश्वासको मतदिएर हाइज्याकभएको गठबन्धनमा करेक्सनगरेको बताएकाकांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने यो कुनै पदकालागि सौदावाजीनभएको बताएकाहुन। तर सत्ता गुमाएपछि हिजोमात्रै निकै हसिलो मुहारमा देखिएकाउनले दोश्रो वाक्यमाजोडेको सबै शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकताकायमगर्न आवश्यकभएको फुर्कोले भने उनको पहिलो वाक्यको खण्डन गरेको छ ।

राष्ट्रपति तथाउपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को अनुसूची १अनुसार संघीय सांसदको मतभार ७९ हुनेछ भने प्रदेश सभा सदस्यको ४८ हुनेछ । संघीय सांसद ३३४ जना रहेका छन् भने प्रदेशसभा सदस्य ५५० जना रहेका छन् जो राष्ट्रपति निर्वाचनकालागिमतदाता रहने छन । दलहरुको अहिलेको अवस्था हेर्दा सबैभन्दा बढी१६ हजार बढी मतभार रहेको छ ।जहाँ निर्णायक रहेको माओवादीको ७हजार मतभारको साथनपाई १५ हजार मतभार भएको एमालेले राष्ट्रपति पाउन सक्ने अवस्था छैन । जहाँमाओवादीले यो मतकांग्रेसकोे विश्वासको मतका साटेको आशंका यसअघिबाटै व्यक्तगरिदै आएको छ ।

यहिवीचमा प्रचण्ड पनि राष्ट्रपति भन्दा अघि माघ ७गते नै सभामुखनिर्वाचन गराएर एमाले अझै अल्झाउने र राष्ट्रिय सरकारमा रुपान्तरण गर्ने तयारीमा छन । आजआफ्नो निर्वाचन क्षेत्र गोरखा २ पुगेका उनले अस्थिरतमा सवै मिलेर सफलहुनेका विकल्पनभएको नै बताएका छन । उनको आशय सरकारमै कांग्रेसलाई समेट्नसम्महोकि विश्वासको मतप्रतिको कृतज्ञता हो यसै भन्ने सकिने अवस्था छैन । यहिवीचमाएमाले नेताहरु भने एउटा पुरानो र परिपक्कपार्टीभएको नाताले कांग्रेसले पदमाहत्ते नहाल्ने विश्वासमा छन ।

विश्वाको मतदिनुले सवै दल एक ठाँउमा रहेको राम्रो सन्देश दिएपनिकांग्रेसले सत्तामाभाग नै नमागेको अहिलेको अवस्थामा राष्ट्रपति कस्को भन्ने प्रश्न नै नभएको उनीहरुको तर्क छ । एमाले माग्ने र दावीगर्ने नभई बाड्ने ठाँउमा रहेको दावीगर्ने नेता शेरबहादुर तामाङ् यदिकाग्रेस सत्तामाआउने र राष्ट्रपति उस्को पोल्टामा पर्ने परिस्थिती बने एमालेले उचित निर्णय लिने बताउछन ।

यहिदावीकै कारण स्वभाविकदावी रहेकोएमालेबाट प्रचण्डलाई ओलीसंग मिलन गराउनभूमिका खेलेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ सक्रियता बढाएका छन । तर त्यसो भए सांसदको संख्या घट्ने तर्ककावीचगैर सांसदवरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चर्चा रहदाँउपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम समेत यो सूचिमा देखिएको छ । यद्यपीविश्वासको मतदिएको कांग्रेस चुप बस्ने विश्वासमाएमाले ढुक्क कै अवस्थाभने छैन । यहि कारण अध्यक्षओलीले संसदमै छाल र ढोक्साहान्ने प्रयास सफलनहुने बताई नै सकेका छन । फलत ः राष्ट्रपतिका वारे मौन रहेका अध्यक्षओलीकांग्रेसको गतिविधिनियालीरहेका छन ।