Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प


काठमाडौँ — इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

पृथ्वीको ९७ किलोमिटर गहिराइमा गएको यो भूकम्पको धक्का दुई हजार किलोमिटर टाढासम्म महसुस भएको थियो । भूगर्भविदहरुले भूकम्पका थप धक्का आउन सक्ने भन्दै सतर्क रहन सूचित गरेका छन् ।

यसअघि गत नोभेम्बर महिनामा इन्डोनेसियाको जाभा प्रान्तमा ५.६ म्याग्निच्युटको भूकम्प जाँदा ३१८ जनाको मृत्यु भएको थियो भने ६२ हजार भन्दा धेरै व्यक्तिहरु विस्थापित भएका थिए ।