Breaking

ओभरस्मार्ट प्रधानमन्त्री ! प्रचण्डको परिपक्कतामाथि प्रश्न,कर्मचारी तर्साएर काम देखाउने दाउ


काठमाडौँ — गर या मरको अवस्थामा रहेको भन्दै चत्कारिक काम गर्ने आम भरोसाकाविच प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड निर्देशनमै केन्द्रीत बनेका छन् । एकातर्फ सप्तरङिग सहयात्री र अर्कातर्फ काम देखाउनुपर्ने दवावमा रहेका उनको परिपक्वता माथि भने प्रश्न उठन थालिसकेको छ । पार्टीको विग्रदो अवस्था र शक्तीकेन्द्रले विश्वास गर्न छोडेको महसुस गरेर पुष्पकमल दाहाल प्रचण्ड गर या मरकै अवस्थामा प्रधानमन्त्री बनेका छन् । परम्परविरोधी शक्ती र पुराना दललाई सचेत गराउनै उदाएको दललाई वोकेर हिडेका उनी अहिले काम देखाउनै पर्ने बाध्यतामा छन् ।

उनको यहि काम गर्ने मुड र सहयोग गर्ने आश्वासनकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता रोजेको बताँउदा प्रचण्डले पनि वर्तमान सरकारको लक्ष्य राम्रो काम गर्ने भएको बताउदै आएका छन ।जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताउने उनले दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर भए पनि राम्रो गर्न नेता कार्यकर्तालाई पनि निर्देशन दिइरहेका छन् । आफूले उठाएका मुद्दाहरू सिङ्गो माओवादी पंक्तिले बिर्सिसकेको अनि यसैको सजायस्वरूप लगभग बहुमतनजिक पुगेर केही सिटमा खुम्चिसकेको आजको यथार्थले पनि उनी यो पल्ट केहि गरेर देखाउने दवावमा छन ।

यसैको उपज उनी अहिले राप्रपाले उठाएको राष्ट्रिय एकता मुद्धा होस कि मुख नै हेर्दिन भनेको एमालेसंग मिल्न पनि पछि परेका छैनन् । यस्तै पहिलोपटक प्रधानमन्त्री हुँदा सम्हाली नै नसकेर कहिले प्रधानसेनापती त कहिले पशुपती चलाउने उनी अहिलेदौरासुरुवालमा सपथ लिने अबस्थामा आईपुगेका छन् । जनताको धरातलीय यथार्थ बुझ्ने नेता बनेनन् वा बन्नै नचाहेका उनी अहिले विष्णु पौडेल, नारायणकाजीश्रेष्ठ र रवि लामिछाने रुपी तिन तप्कालाई रफ्तारमा अघि बढाईरहेका छन । १८ मन्त्रालय काधमा वोकेर हिडेका उनी यति रफ्तारमा छन कि उनको र रविको यहि ओभर स्मार्टपनाले सरकार नै ढल्न सक्नेमा स्वयम माओवादीकै नेताहरु डराउन थालेका छन् ।

प्रधानमन्त्री भएपछि उनले यसअघिका सरकारको पालामा भएको केही निर्णय सच्याउन तत्काल नै निर्णय गरेका थिए। विदेशबाट आउने व्यक्तिले व्यक्तिगत प्रयोजनकासाथै अर्को सेट मोबाइल ल्याउँदा भन्सार शुल्क लाग्ने निर्णयलाई तत्काल रोक्न शुक्रवारमात्र प्रचण्डले निर्देशन दिएका थिएभने शनिवार दुधमा बढेको मुल्य फिर्ता गराउन पशुपंक्षी मन्त्रालयका सचिवहरुलाई बोलाएर निर्देशन दिएका उनको निर्देशनको दिएका थिए । तर भोलीपल्टै विदेशबाट आएका एकजनाको मोवाईल खोसिएको घटनाले उनलाई झस्काईदियो भने आफैले गरेको निर्णय विपरित राहदानी विभागमा फर्म भर्न काम नै बन्द भएको विषयले अर्को झस्का दियो ।

आम नागरिकका साना कुरा पनि सुन्ने तत्पर छु भन्ने सन्देश दिनकै लागि उनी कहिले सचिवको रिर्र्पोट सुनिरहेका छन भने कहिले काम नगरे कारबाही गर्ने चेतावनी नै दिएका छन्,तर यहि निर्देशन र कामवीचको उनको तादम्यता नमिलेको छनक भने देखिन थालिसकेको छ । जुन तेश्रो पटक प्रधानमन्त्री बन्दै उनमा देखिनुपर्ने परिपक्ताको आशा विपरित भएको टिप्पणी सुरु भएको छ ।

प्रचण्ड विस्तारै पुष्पकमल बन्ने तर्फ उन्मुख छन । आफ्नो रापताप विलाँउदै गएको बुझेका उनी त्यो फर्काउन जनताको काम नगरि नहुने वुझाईमा पुगेका छन । कसैको बुई चढेर सत्ता यात्रा गर्ने यो अन्तिम पटक भएको बुझेका उनी आफैले उठाएका एजेण्डामा अरुले गरेको राईदाई वारेमा पनि जानकार छन । एकातर्फ कांग्रेस र अर्कातर्फ एमाले नै यो देशको दुई धुव्र भएको प्रमाणित हुँदै जाँदा आफू कहाँ भन्ने चिन्ताले पनि उनलाई सताउन थालेको छ । यसैको परिपूर्तीका लागि केवल विज्ञापन नै सहि तरङ ल्याईदिम न त भन्ने उनको सोच केवल निर्देशनले नै पुरा हुने छैन । जसको संकेत अहिले नै देखिसक्दा प्रचण्ड अझ संवेदनशील बन्न जरुरी छ ।