Breaking

उपेन्द्र–माधव सत्ताको चावी बन्दै, रवि र राजेन्द्रलाई धक्का, साना दल होलान् त ठुला


काठमाडौँ — चुनावमा अपेक्षाकृत नतिजा प्राप्त नगर्दा सत्ता विहिन बनेका साना दलहरु यत्ति बेला शक्ति सञ्चयका अनेक रणनीतिको खोजीमा छ । टुटफुट र विभाजनले राष्ट्रिय राजनीतिबाटै विमुख हुने अवस्थामा पुगेका उनीहरु एक–अर्कामा सहकार्य गरेरै भए पनि वार्गेनिङ क्षमता बढाउनतर्फ उन्मुख भएका छन । संसदीय अंकगणितमा तेस्रो शक्ति माओवादी केन्द्रले सत्ताको बागडोर सम्हालेको छ । ३२ सिट प्राप्त गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । संसदीय निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि मिलेर सरकार चलाउनु पर्ने बाध्यता सृजना भयो ।

सत्ता सहकार्यमा सबै दलले आफ्नो हैसियत अनुसार मौका मिल्ने पक्का छ । फलत चुनावमा आफ्नो बलबुतामा सफलता प्राप्त नगरेपनि अंकगणित मिलाएरै भए पनि आफ्नो दुनो सोझ्याउन नेताहरुको दौडधूप छ । साना दलहरु एक–अर्कोको पहरा बनेर शक्ति सञ्चय गर्न सक्रिय छन् । फलत पार्टी एकता र एकिकरणको बहस साना दलमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रबाट राजनीतिमा उदायका, नेकपा विभाजनपछि एमाले रोजेका ।

तर संसदीय निर्वाचनमा एमाले–जसपाको तालमेल अस्वीकार गर्दै पार्टीको टिकट नै बहिष्कार गरेर स्वतन्त्र सांसद बनेका प्रभु शाह अहिले पार्टीकै हैसियतमा माओवादी केन्द्रसँग छलफलमा छ । स्वतन्त्र सांसद किरण शाहलाई जवरजस्ती पार्टीमा अटाएर आम जनता पार्टी खोलेका शाह सांसद किरण कुमार शाहले अफर अस्वीकार गर्दै एमालेमा मिसिएपछि, अब एमाले त्यागेर स्वतन्त्र बनेका पूर्वमन्त्री समेत रहेका रामविर मानन्धरलाई काखी च्यापेर माओवादी केन्द्रसँग मिल्न मौका खोजि रहेका छन ।

त्यस्तै निरन्तर टुटफुट र विभाजनले पार्टीको अस्तित्व नै संकटमा रहेको जनता समाजवादी पार्टी र एमालेबाट चोइटिएर बनेको एकिकृत समाजवादी पार्टी एक अर्कामा सहकार्य गर्ने मनस्थितिमा देखिन्छ । राष्ट्रिय राजनीतिमा रजगज गर्दै आएका माधव कुमार नेपाल र उपेन्द्र यादव भन्दा नयाँ अनुहार रवि लामिछाने र राजेन्द्र लिङदेन जस्ता व्यक्ति थप शक्तिशाली बने पछि एक अर्काको वैशाखी बनेरै भएपनि शक्ति आर्जनको कसरतमा नेताहरु लागेका छन ।

संसदमा जसपाको १२ र एकीकृत समाजवादीको १० सिट छ । दुई दलबीच एकता भए कुल सिट संख्या २२ पुग्छ । अर्थात २० सिटसहित चौथो पार्टी रहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै स्पष्ट चौथो शक्ति हुनेछ । पार्टी एकता र संसदको चौथो शक्ति मात्र होइन सत्ताको सयर उनीहरुको प्राथमिकतामा छ ।

बाम घटकहरु एक हुनुपर्ने बहस निरन्तर छ । ठुलो शक्ति बन्ने होडमा रहेको एमालेले एकिकृत समाजवादीलाई राष्ट्रपति पद नै अफर गर्दै आएका छन । चुनावमा राष्ट्रिय पार्टी समेत बन्न नसकेको एकिकृत समाजवादी राष्ट्रिय दल बन्ने हुटहुटी मात्र छैन सत्तामा पुग्न समेत मौकाको पखाईमा छन् । फलत एकिकरणको ढोका खुला राखेका छन । तर जसपासँगको एकिकरण भने छलफलमा रहेको तर्क छ । बाम घटकहरु एक हुनुपर्ने पक्षमा नेकपा एस रहेको नेताहरुको तर्क छ ।

संसदको अस्थिर अंकगणित, ठुला पार्टीहरु पनि सकेसम्म आफै शक्तिशाली बन्ने होड र साना दलहरु सत्ताका लागि वार्गेनिङ पावार बढाउन एक–अर्कामा सहकार्य गर्न उदत्त छन । आफ्नो बलबुतोमा चुनावमा सफलता हासिल गर्न नसकेको साना दलहरु बार्गेनिङ क्षमता बढाउन कै लागि एकताको प्रयास अघि बढाएका छन । सदाबाहारा सत्ताको चास्नीमा रमाएका भारे टाकुरेल दल पुन वार्गेनिङ गरेरै मालदार मन्त्रालयको तर मार्ने अन्तिम लक्ष्य उन्मुख छन ।