Breaking

अन्ततः प्रचण्ड–ओलीकै पाउमा राप्रपा ! झिनो बहाना खोज्दै लिङ्देन,कमलकै हालत दोहोरिने चिन्ता


काठमाडौँ — लगातार ६ घण्टासम्म चलेको कार्यसम्पादन समितिको बैठकले ससर्त सरकारमा सहभागी हुने निर्णय गरेपछि राप्रपा तरङ्गित छ । सरकारलाई समर्थन गर्ने विषयबाटै पार्टीभित्र फरक मत रहँदा पछिल्लो निर्णयलाई लिएर लिङदेन पनि कमल थापाकै बाटोमा हिडेको रुपमा समेत विश्लेषण सुरु भएको छ ।राप्रपालाई सत्तामा जानैपर्ने बाध्यता के आइलाग्यो त ? नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपनिसहभागीता वारे अनिर्णित राप्रपा अन्तत सरकारमासहभागी हुने भएको छ । सरकारमा सहभागी हुने–नहुने विषयमा निर्णय गर्न बसेकोपार्टी कार्यसमितिको बैठकमा लामो समय चर्काचर्की कै अवस्था सिर्जना भएको थियो ।

वैठकमा सहभागी नेताहरुका अनुसार अध्यक्ष लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता मोहन श्रेष्ठ, सांसद ज्ञानेन्द्र शाहीलगायत सरकारमा जान नहुने पक्षमा थिए। तर वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, सांसदहरू दीपक बोहोरा, धवलशमशेर राणा, विक्रम पाण्डेलगायत अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने पक्षमा धारणा राखेका थिए । राजनीतिक र कार्यकर्तावृत्तमा पनि हिजो गाली गरेकै नेताको पछुवा हुन नहुने धारणा बलियो बनेको वेला दुई थरी मत राखेका नेताहरूबीच चर्काचर्की नै भएको थियो।

दुईथरी मत आएपछि बीचको बाटो निकाल्दै राप्रपाले न्यूनतम साझा कार्यक्रममा आफ्ना माग पूरा हुने अवस्था बने सरकारमा सहभागी हुने निर्णय लिएको हो।तर पार्टीको यो निर्णयसँगै नेतृत्वको आलोचना र खबरदारी एकसाथ सुरु भएको छ भने अहिले राप्रपालाई सत्ता यात्रा किन जरुरी भयो भन्ने प्रश्न समेत खडा भएको छ । जसको बचाउमा राप्रपा नेताहरुले भने देशलाई मध्यावधी चुनावमा जानबाट बचाउन समर्थन गर्न आश्वयक रहेको र अव शर्शत सरकारमा जान लागेको तर्क गरेका छन ।

सत्ता केन्द्रित राजनीति नगर्ने चुनावी घोषणापत्रसहित निर्वाचनमा होमिएको राप्रपाले १४ सिट जित्न सफल बन्यो । जुन सत्तामा जाने म्याण्डेड नभएको बताउने नेता तथा कार्यकर्ताको एक हिस्सालेयसलाई आफ्नो एजेण्डा स्थापित गराउने अवसरका रुपमा प्रयोग गर्नुपर्ने बताँउदै आएका छन् ।प्राप्त सिट संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डाप्रतिको विश्वास भएको तर्क गर्ने उनीहरु पार्टीसत्तालिप्सामा लाग्दा उद्देश्य प्राप्त हुन नसक्ने भन्दै नेता खवरदारी गर्दै आएका छन ।

२०७० सालको निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएर पनि राप्रपा नेपाल सत्ता केन्द्रित राजनीतिमा फस्दा पार्टी तहसनहस उदाहरणलाई हेनुपर्ने बताउने उनीहरु लिङदेन पनि कमल थापाकै बाटोमा अघि बढेको रुपमा समेत अथ्र्याउदै आएका छन् । यहि कारण वालकोट दौड बढाएर पनि सरकार मै जाने आट नगरेका लिङदेनलाई बुधबारबाट वहुमतको वहाना मिलेको छ । यहि वहाना देखाँउदै उनी नाम मात्रको र गैरराजनीतिक शर्तको आडमा सत्ता यात्रा गर्दै छन् । फलत ः न्यूनतम साझा कार्यक्रममा आफ्ना माग पुरा हुनुपर्ने राप्रपाको माग स्वभाविक भएको ठानेको सत्ता गठबन्धन पनि राप्रपा सरकारमासहभागी हुनेमा विश्वस्त देखिएको छ ।

हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै हाल नेतृत्वमा बसेकालाई गाली गर्नेहरुका शर्तहरु नै गैर राजनीतिक छ भने राजाको जन्मदिवस मनाउनुपर्ने जस्तो झिनो मागमा उनीहरुले अघि सारेका छन् । जसले यी शर्तहरु केवल सत्तायात्राको वहानामात्र भएकोमा दुईमत छैन । त्यसमा पनि यो व्यवस्थामा रहेर हुन्न भन्ने तर गठबन्धनको वैठकमै सहभागी हुने लिङदेनको कदमले पनित्यहि व्यवस्थाको तर मार्न उनी जाँदै छन भन्ने आरोपलाई अझ वल दिएको छ ।

जहाँ उपप्रधानसहित स्वास्थ्य मन्त्रालयमा जाने उनको दौडधुपले नैपार्टी महाधिवशेनमा आफूलाई अध्यक्ष बनाउने लोहनीलाई पाखा लगाउदै पशुपती शमसेरको आर्थिक लाभको चंगुलमा फसेको आरोपलाई समेत यसले आधार दिएको छ । यद्यपी ज्ञानेन्द्र शाही लगायतका नेताहरु भने यो व्यवस्थामा प्रधानमन्त्री नै पाएपनि काम गर्न नसकिने भन्दै आएका छन् ।

चुनाव अघि नै ज्ञानेन्द्र शाही,रेखा थापा विक्रम पाण्डे र रविन्द्र मिश्रले जित्नुभन्दा हार्दा नै सहज हुनेभन्दै असयोग गरेका लिङदेनलाई सरकारमा जानुपर्ने पार्टी कमिटीको निर्णयले वहाना त दिएको छ । तर आफैले भित्राएका सहयात्री नै चुनौती दिएको अवस्थामा उनले सत्ता यात्रालाई कसरी अर्थपूर्ण बनाउछन त्यो भने हेर्न बाँकि छ ।